शुक्रबार, वैशाख ७, २०८१

बलिउडमा सधैं विवादित महेश भट्ट

महेश भट्टको जन्म २० सेप्टेम्बर १९४८ मा भएको हो। उनका बुबा हिन्दू हुन् भने आमा मुसलमान।
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौं- महेश भट्टको जन्म २० सेप्टेम्बर १९४८ मा भएको हो। उनका बुबा हिन्दू हुन् भने आमा मुसलमान। चाखलाग्दो कुराचाहिँ के हो भने महेशका बुबाआमाले बिहे नै गरेनन्। त्यसैले पनि होला, महेश आफू भने विवाहमा त्यति विश्वास गर्दैनन्। 

triton college

उनको वैवाहिक जीवन पनि उतारचढावपूर्ण छ। कलेज पढ्दा महेशको प्रेम लोरेन ब्राइट नामकी क्रिश्चियन युवतीसँग भयो। पछि उनीहरुले बिहे गरे। बिहेपछि लोरेन किरण भइन् र हिन्दू पनि। उनीहरुबाट पूजा भट्ट जन्मिइन्। तर महेश र किरणको सम्बन्ध धेरै टिकेन। 

त्यसपछि महेशले नायिका सोनी रज्दानसँग बिहे गरे। यसका लागि उनी हिन्दूबाट मुस्लिम बने। उनीहरुबाट आलिया जन्मिइन्। आलिया अहिले बलिउडमा चम्किरहेकी छन्। उनी यसै वर्ष रणवीर कपुरसँग वैवाहिक बन्धनमा बाँधिँदैछन्। 

महेश अहिले रिया चक्रवर्तीसँग सम्बन्धमा रहेको बताइन्छ। अभिनेता सुशान्तसिंह राजपूतको मृत्युलाई लिएर उनले दिएको अभिव्यक्ति पनि निकै विवादित बन्यो। रियालाई आफूले नै सुशान्तबाट अलग गराएको उनले बताएका थिए। बलिउड अभिनेतृ परवीन बाबीसँगको महेशको सम्बन्ध पनि छिपेको छैन। 

महेश बलिउडमा चर्चितका साथै बदनाम पनि छन्। खासगरी उनको आफ्नै छोरी पूजासँगको सम्बन्धलाई लिएर अनेक गसिप चलिरहन्छन् बलिउडमा। एकपटक उनले छोरीलाई किस गर्दै भनेका थिए– छोरी नभएकी भए म पूजासँग बिहे गर्थें। 

corrent noodles
Metro Mart

पूजाको जीवन कथा पनि कम चाखलाग्दो छैन। बुबा फिल्म क्षेत्रमा भएकोले उनी पनि त्यतै प्रवेश गरिन्। उनले ड्याडी नामक फिल्मबाट सन् १९८९ मा बलिउडमा डेब्यू गरेकी थिइन्। यसलाई पिता महेश भट्टले नै निर्देशन गरेका थिए। त्यतिबेला पूजा १७ वर्षकी मात्र थिइन्। यो फिल्ममा उनलाई निकै बोल्ड अवतारमा पेश गरिएको थियो। फिल्मका लागि पूजालाई फिल्मफेयर न्यू फेस अफ द इयरको अवार्ड पनि मिल्यो।

पूजा मदिराको लती थिइन्। पूजाले १६ वर्षको उमेरदेखि नै मदिरा पिउन सुरु गरेकी थिइन्। उनले ४५ वर्षमा आएर बल्ल मदिरा छोडिन्। बुबाको एउटा कुराले पूजालाई आफ्नो गल्ती महसुस भयो। महेशले भनेका थिए, ‘यदि तिमी मलाई प्रेम गर्छौ भने आफूलाई पनि प्रेम गर किनभने म आफैं तिमीभित्र बाँच्छु।’ पिताको यही कुराले पूजालाई स्वस्थ जीवन बाँच्न प्रेरित गरेको थियो।

सन् १९९१ मा रिलिज भएको ‘दिल हे कि मानता नहीं’ पूजाको करियरको सबैभन्दा हिट फिल्म रह्यो। आमिर खान अभिनित यो फिल्ममार्फत उनले दर्शकको अत्यधिक वाहवाही बटुलिन्। १९९१ मा रिलिज भएको ‘सडक’मा पनि उनको अभिनयलाई धेरैले रुचाए।

सन् २००४ मा उनले फिल्म ‘पापा’ मार्फत निर्देशनमा हात हालिन्। उनले सन् १९९६ मै पूजा भट्ट प्रोडक्सन कम्पनी खोलेकी थिइन्। यसमार्फत ‘तमन्ना’रिलिज भयो। पूजाको विवाह मनिष मखिजासँग भएको थियो। तर, त्यो धेरै टिकेन।

(भारतीय सञ्चारमाध्यमहरुमा आधारित) 
 

प्रकाशित: Jun 02, 2021| 15:35 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्