बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

बुधबार बिहान उद्योगमा सुरु भएको आगो नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात दमकल, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीसहितको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए। 
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

नवलपरासी (बर्दघाट सुस्तापूर्व)- चौधरी ग्रुपको बियर फ्याक्ट्री सिजी ब्रुअरीमा लागेको आगो नियन्त्रणमा आएको छ। नवलपुरको देवचुली नगरपालिकास्थित उद्योगमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको हो। 

triton college

बुधबार बिहान उद्योगमा सुरु भएको आगो नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात दमकल, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीसहितको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए। 

सिजी ब्रअरीको गोदाम घरमा लागेको आगो नियन्त्रणका लागि गोदाम घरका भित्तासमेत भत्काइएको थियो। आगो नियन्त्रणमा लिन र बढ्दै गएर कम्पनीको प्लान्ट भएको क्षेत्रमा नपुगोस् भनेर गोदाम घरको भित्तासमेत भत्काएर आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

आगलागीबाट तयारी अवस्थामा रहेको बियर, अन्य पेयपदार्थ, उत्पादनका लागि राखिएका कच्चापदार्थलगायत सामग्रीमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।

विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। आगलागीबाट के कति क्षति भयो भन्ने यकिन विवरण भने अझै नआएको प्रहरीले जानकारी दिएको छ। -रासस

corrent noodles
Metro Mart

प्रकाशित: Jun 02, 2021| 10:07 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्