काठमाडौं- काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप नजिकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ। बुधबार पर्खाल भत्कँदा थप दुई जना घाइते भएको प्रहरीले जानकारी दिएको हो।
मृत्यु हुनेमा उदयपुरका ३५ वर्षीया सीता राई र मकवानपुरका २० वर्षीय टेकबहादुर चेपाङ छन्। महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा लगाइएको पर्खाल भत्किएर किच्दा दुईको मृत्यु र अन्य दुईजना घाइते भएको बताए।
उदयपुरका २१ वर्षीय मिलन तामाङ र धादिङका १८ वर्षीय हरि घले घाइते छन्। घाइते दुवै जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरी निरीक्षक कोइरालाले बताए।