काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले कतारको दोहा र भारतको नयाँदिल्लीमा सातामा दुई उडान गर्न अनुमति दिएको छ। प्राधिकरणले मंगलबार सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।
नेपाल एयरलाइन्स र एयर इन्डियाले दिल्लीमा एकएक उडान गर्न अनुमति पाएका छन्। यस्तो कतार एयरवेज र नेपाल एयरलाइन्सले सातामा एकएक उडान गर्न अनुमति पाएका छन्।
नेपाल एयरलाइन्सले प्रत्येक सोमबार दोहा उडान गर्ने छ भने दिल्लीका लागि बुधबार उडान भर्नेछ। यस्तै कतारले प्रत्येक सोमबार काठमाडौं उडान भर्ने छ भने एयर इन्डियाले प्रत्येक शुक्रबार काठमाडौं उडान गर्नेछ। प्राधिकरणका अनुसार टर्किस एयरलाइन्सले प्रत्येक बिहीबार काठमाडौं उडान गर्न अनुमति पाएको छ।
जुन १ (आज)बाट लागू हुने गरी जेठ १३ गते मन्त्रिपरिषद् बैठकले कतार, चीन, टर्कीमा नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको थियो। यसअघि नै भारतमा उडान गर्ने निर्णय सरकारले गरेको थियो।