शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमई फाउन्डेसनद्वारा सरकारलाई तीन करोडका स्वास्थ्य सामग्री हस्तान्तरण

आइएमई फाउन्डेसनद्वारा सरकारलाई तीन करोडका स्वास्थ्य सामग्री हस्तान्तरण

फाउन्डेसनले ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ। फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल पोखरा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, सेती प्रादेशिक अस्पताल, धनगढी र निजामती कर्मचारी अस्पताल (सिभिल) काठमाडौंलाई ८० थान अक्सिजन कन्सन्ट्रेटर (हरेकलाई २० थान) सहयोग गरेको हो।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं- आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ बराबरका स्वास्थ्य उपकरण सरकारलाई प्रदान गरेको छ। आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री हृदयेश त्रिपाठीलाई ती सामग्री हस्तान्तरण गरेका हुन्। 

triton college

फाउन्डेसनले ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ। फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल पोखरा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, सेती प्रादेशिक अस्पताल, धनगढी र निजामती कर्मचारी अस्पताल (सिभिल) काठमाडौंलाई ८० थान अक्सिजन कन्सन्ट्रेटर (हरेकलाई २० थान) सहयोग गरेको हो।

त्यसैगरी, फाउन्डेसनले समुदायद्वारा सञ्चालित आइसोलेसन सेन्टरलाई पनि १५ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।

यसका अतिरिक्त फाउन्डेसनले शुक्रराज सरुवा रोग अस्पताल टेकुमा करिब एक करोड २८ लाख बराबरको अक्सिजन प्लान्ट स्थापनाको लागि पनि आवश्यक प्रक्रिया शुरु गरिसकेको छ।

यसअघि फाउन्डेसनले वैदेशिक रोजगारीमा रहँदा देहावासन भएका नेपालीको घरपरिवारहरूको सहयोगार्थ ‘भरोसा कोष’ को स्थापना गरी करिब एक सय प्रभावित घरपरिवारलाई प्रतिव्यक्ति ५८ हजारका दरले झन्डै ६० लाख बराबरको राहत उपलब्ध गराएको छ।

corrent noodles
Metro Mart

फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकूदलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ। -रासस

 

No photo description available.

प्रकाशित: Jun 01, 2021| 13:51 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्