मंगलबार, वैशाख ४, २०८१

एकताका लागि प्रयास जारी राख्ने एमाले निर्णय

नेकपा एमालेले पार्टी एकताका लागि प्रयत्न जारी राख्ने निर्णय गरेको छ। एमाले स्थायी कमिटीको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं–  नेकपा एमालेले पार्टी एकताका लागि प्रयत्न जारी राख्ने निर्णय गरेको छ। एमाले स्थायी कमिटीको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

ज्ञवालीले एकताका लागि गठित कार्यदल निष्क्रिय रहे पनि अन्य संयन्त्रबाट छलफल जारी राख्ने बताए।  वार्ता टोलीमा रहेका कतिपय नेतालाई एमालेले कारबाही गरेपछि कार्यदल निष्क्रिय रहेको हो। ज्ञवालीले भने, ‘अर्को निर्णय नभएसम्म अन्य संयन्त्रबाट एकताको पहल भइरहेको छ।’  जेठ २ मा बनेको कार्यदलका केही सदस्य कारबाहीमा परेपछि निष्क्रिय रहेको उनले बताए। 

बैठकपछि ज्ञवालीले भने, ‘हाम्रो प्रयास पार्टी एकता जोगाउने र धेरैभन्दा धेरै साथीहरुलाई मूलधारमा राख्ने नै छ।’ कारबाहीमा परेकालाई चाहिँ समेट्न सकिँदैन भन्ने प्रश्नमा ज्ञवालीले भने, ‘शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री बनाउन, राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउने कुरालाई केही साथीले बडो गर्वका साथ लिनुभएको छ। ती साथीहरु फर्किनुभयो भने राम्रो त राम्रै हुन्छ।’
 

प्रकाशित: Jun 01, 2021| 08:44 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।