बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • एकता कायम गर्न दोस्रो तहका नेताको प्रयास जारी, सोमबार राति अबेरसम्म छलफल

एकता कायम गर्न दोस्रो तहका नेताको प्रयास जारी, सोमबार राति अबेरसम्म छलफल

विभाजनको संघारमा पुगेको सत्तारुढ नेकपा एमालेको एकतालाई जोगाउन दोस्रो तहका नेताहरूले अझै पनि प्रयास जारी राखेका छन्।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं - विभाजनको संघारमा पुगेको सत्तारुढ नेकपा एमालेको एकतालाई जोगाउन दोस्रो तहका नेताहरूले अझै पनि प्रयास जारी राखेका छन्।

triton college

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताहरू यसमा सक्रिय भएर लागेका छन्।

मूलतः विवाद समाधान गर्नका लागि गठन गरिएको कार्यदलमा नै सहभागी भएका नेताहरूको सक्रियता बढेको हो। सोमबार राति दुवैतर्फका नेताहरूले दरबारमार्गको याक एन्ड यति होटलमा घन्टौंसम्म छलफल गरेका छन्।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरूले छलफल गरेको जानकारी दिए। ‘हामी निरन्तर छलफल र संवाद गरिरहेका छौं। अहिले निचोड निस्केको छैन,’ उनले भने।

छलफलमा माधव नेपाल पक्षीय नेता भीम रावललाई भने सहभागी गराइएको थिएन। उनका पछिल्ला गतिविधि विवाद समाधान गर्ने भन्दा पनि झनै बढाउन प्रकृतिका भएको भन्दै ओली पक्षले उनलाई छलफलमा सहभागी गराउन नमानेको हो।

corrent noodles
Metro Mart

सोमबार रातिको भेटवार्तामा अध्यक्ष ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट नेता सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी भएका थिए।

एमालेभित्र पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने विषयमा नै छलफल केन्द्रित छ। माधव नेपाल पक्षले सर्वोच्च अदालतको फैसलापछि पार्टीलाई पूर्ववत रुपमा नै लैजानुपर्ने माग राख्दै आएको छ।

यसबीचमा विवाद समाधान भन्दा पनि एकपछि अर्को देखिएको समस्याले सहमति नै हुन्छ वा हुँदैन भन्ने द्विविधा नै कायम छ। अध्यक्ष ओलीले पार्टी स्थायी कमिटीको सातौं बैठक मंगलबार बोलाएको पूर्व सन्ध्यामा नेताहरूबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यसअघिको बैठकले माधव नेपालसहितका ११ सांसदलाई साधारण सदस्यसमेत नरहने गरेर कारबाही गरिसकेको छ। आज थप स्पष्टीकरण सोधिएका १२ जना सांसदहरूलाई कारबाही हुन सक्ने देखिएको छ।

तर, सोमबार राति नेताहरूबीच भएको भेटवार्तामा नेपालपक्षीय नेताहरूले सहमतिको वातावरण अघि बढाउने हो भने कारबाहीलगायतको प्रक्रिया रोक्नुपर्ने बताएका थिए।

प्रकाशित: Jun 01, 2021| 05:52 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।