काठमाडौं- राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनीमा भएको उपनिर्वाचनमा ३ जना मतदाता अनुपस्थित भएका छन्। कुल ३ सय मतदातामध्ये २९७ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ।
बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा स्थानीय तहका ३ जना जनप्रतिनिधिले भने मतदानमा सहभागिता नजनाएका हुन्।
उपनिर्वाचनमा २७ जना कोरोना संक्रमितले पनि मतदान गरेका छन्। यीमध्ये ३ जना प्रदेश सांसद हुन् भने २४ जना स्थानीय तहका जनप्रतिनिधि हुन्। कोभिड संक्रमितहरूका लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको थियो।
उपनिर्वाचनमा विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डेलाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ। केपी शर्मा ओलीपक्षीय एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार छन्।