शनिबार, वैशाख ८, २०८१

बजेटको प्राथमिकतामा व्यापार पूर्वाधार निर्माण 

सरकारले आगामी आर्थिक वर्ष २०७८/०८९को बजेट वक्तव्यमार्फत् व्यापार पूर्वाधारलाई प्राथमिकता दिने घोषणा गरेको छ।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७८/०८९को बजेट वक्तव्यमार्फत् व्यापार पूर्वाधारलाई प्राथमिकता दिने घोषणा गरेको छ।

triton college

अर्थमन्त्री विष्णु पौडेलले गत शनिबार बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा व्यापार पूर्वाधारलार्ई प्राथमिकता दिइने बताएका थिए। अन्तरदेशीय व्यापार पूर्वाधार निर्माणलाई तीव्रता दिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ।

नेपालगंजको एकीकृत जाँच चौकी निर्माण सम्पन्न गरी सञ्चलनमा ल्याइने र भैरहवाको एकीकृत जाँच चौकी निर्माण कार्य सुरु गरिने बजेटमा उल्लेख छ।

नेपाल र भारतका सीमामा रहेका एकीकृत जाँच चौकीलाई रेलमार्गसँग आबद्ध गरिने, वेलहिया सीमा नाकामा २ हजार मालवाहक सवारी साधन अट्ने पार्किङ्ग यार्ड निर्माण गर्ने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ।

त्यस्तै रसुवाको टिमुरेमा सुक्खा वन्दरगाह निर्माण सम्पन्न गर्ने, ताप्लेजुङ्गको ओलाङ्गचुङगोला, संखुवासभाको किमाथाङ्का, मुस्ताङ्गको कोरोला, हुम्लाको यारी र कञ्चनपुरको दोधारा–चाँदनी सुक्खा वन्दरगाहको पूर्व तयारी सम्पन्न गरी निर्माण कार्य सुरु गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ।

corrent noodles
Metro Mart

त्यस्तै काठमाडौंको चोभारमा निर्माणाधीन कन्टेनर फ्रेट स्टेशन आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याइने घोषणा अर्थमन्त्री विष्णु पौडेलले गरेका थिए। काठमाडौं गन्तव्य हुने गरी छुटेका सबै प्रकारका मालवाहक सवारी साधनलाई नेपाल प्रवेश विन्दुमा सिल लगाई बिनाअवरोध काठमाडौंको चोभारमा भन्सार जाँचपास गर्ने व्यवस्था मिलाइने उल्लेख गरिएको छ।

गत वर्षकै दोहोरिए सुख्खा बन्दरगाह
 

सरकारले आगामी आर्थिक वर्षमा निर्माण गर्ने घोषणा गरेका केही व्यापारिक पूर्वाधार भने गत वर्ष नै बजेटमा परेका योजना हुन्। गत वर्ष बजेटमा परेर चालू आर्थिक वर्ष २०७७/०७८मा नै निर्माण सुरु गरिने भनिएका व्यापारिक पूर्वाधारहरु रसुवाको टिमुरेस्थित सुक्खा वन्दरगाह हो।

चालू आर्थिक वर्षको बजेटमा नै उक्त सुख्खा बन्दरगाह निर्माण गरिने बजेटमा उल्लेख गरिएको थियो। त्यस्तै ताप्लेजुङ्गको ओलाङ्गचुङगोला, संखुवासभाको किमाथाङ्का, मुस्ताङ्गको कोरोला, हुम्लाको यारी र कञ्चनपुरको दोधारा–चाँदनी सुक्खा वन्दरगाह निर्माणको कार्य अगाडी बढाइने चालू आर्थिक वर्षमा बजेटमा आएका योजना जस्ताको त्यस्तै आगामी आर्थिक वर्षमा पनि समेटिएका छन्।

प्रकाशित: May 31, 2021| 08:52 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्