बिहीबार, वैशाख १३, २०८१

आजका अखबारः फुटबल महाकुम्भदेखि टिपर आतंकसम्म

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले आजबाट सुरु हुन लागेको विश्वकप फुटवल प्रतियोगितासंग सम्बन्धित विषयलाई मुख्य समाचार बनाएका छन् । 

चार वर्ष लामो प्रतिक्षा समाप्त गर्दै बिहीबारबाट रुसमा विश्वकप फुटवलको २१ औं संस्करण सुरु हुँदैछ । रुसमा पहिलोपटक हुन लागेको विश्वकपमा ३२ देश सहभागी हुँदैछ भने ६४ खेल हुने छ । प्रतियोगितमा ७३६ खेलाडी सहभागी हुनेछन् । 

यो विषयलाई आजको कान्तिपुर दैनिकले मुख्य समाचारका रुपमा आजदेखि फुटवल महाकुम्भ शीर्षक दिएर छापेको छ भने नागरिक दैनिकले विश्वकप आजदेखि शीर्षकमा पहिलो खबर लेखेको छ । अन्नपूर्ण पोस्ट् नयाँ पत्रिका, राजधानी दैनिक लगायतका अखबारले पनि यसै विषयलाई प्राथमिकता दिएका छन् । 

विश्वकप फुटवल बाहेक आजका पत्रपत्रिकाले ट्रिपर अतंकको विषयलाई पनि प्राथमिकतामा पारेका छन् । कान्तिपुर दैनिकले रकिएन ट्रिपर आतंक शीर्षक दिएर खबर लेखेको छ भने अन्नपूर्ण पोस्ट्ले सडकमा ट्रिपर आतंक शीर्षकमा खबर छापेको छ ।

यस्तै, २ सय ८६ गाउँ पहिरोको उच्च जोखिममा रहेको, गैरसरकारी संस्थामा कार्यरत पदाधिकारी र कर्मचारीले अनिवार्य रुपमा सम्पति विवरण बुझाउनु पर्ने, एकै महिनामा १ अर्बको बिजुली चोरी हुने गरेको लगातका विषयलाई पनि आजका दैनिक अखबारले महत्वका साथ प्रकाशित गरेका छन् । 

२१ औँ विश्वकप आजदेखि स् ३२ देश, ६४ खेल र ७३६ खेलाडी

विश्व फुटबलको महाकुम्भ बिहीबार रसियाको मस्कोमा सुरु हुँदैछ। विश्वकप फुटबलको २१औं संस्करणमा ३२ देश सहभागी छन्। सहभागी देशले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। एक महिना (जुलाई १५ सम्म) चल्ने प्रतियोगितामा कुल ६४ खेल हुनेछन् । विश्वकपमा युरोपबाट आयोजक रसियासहित बेल्जियम, जर्मनी, इङ्ल्यान्ड, स्पेन, पोल्यान्ड, आइसल्यान्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, स्विट्जरल्यान्ड, क्रोएसिया, स्विडेन र डेनमार्क गरि १४ देश सहभागी छन् ।

एसियाबाट इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया तथा अफ्रिकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल, ट्युनिसिया र मोरक्कोले प्रतिस्पर्धा गर्दैछन्।

उत्तर अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पनामा तथा दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलम्बिया र पेरुले प्रतिस्पर्धा गर्दैछन् ।

विश्वकपमा कुल ७ सय ३६ जना खेलाडी सहभागी हुँदैछन्। तीमध्ये युरोपेली फुटबल क्लबहरूबाट व्यावसायिक फुटबल खेल्ने खेलाडी ५ सय ४४ जना छन् । अन्नपूर्ण पोस्ट्मा प्रकाशित खबर अनुसार यो कुल खेलाडी संख्याको ७४ प्रतिशत हो ।

बेलायती फुटबल क्लबहरूबाट व्यावसायिक फुटबल खेल्ने १ सय ३२ जना खेलाडी आ–आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दै विश्वकपमा सहभागी हुँदैछन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।