विराटनगर - प्रदेश १ का विपक्षी दलका नेताहरूले बजेट अधिवेशन छिटो आह्वान गर्न माग गरेका छन्।
आइतबार बिहान प्रदेश प्रमुख साेमनाथ अधिकारी प्यासीलाई निवासमा भेट गरी प्रदेश सरकारले बजेट ल्याउने समय नजिक आए पनि अधिवेशन आह्वानमा ढिलाइ भएकाे उनीहरूले बताएका थिए।
जेठ १६ भित्र पूर्वबजेट माथि छलफल हुनुपर्ने त्याे पनि नभएकाे, अधिवेशन आह्वानमा ढिलाइ भएकाे र काेराेना संक्रमण राेकथाम र नियन्त्रणमा अपेक्षित काम नभएकाेबारे प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराएकाे भेटमा सहभागी माओवादी केन्द्रका नेता तथा पूर्व राज्यमन्त्री विजय विश्वासले जानकारी दिए।
भेटमा कांग्रेस संसदीय दलका नेता राजीव काेइराला, प्रमुख सचेतक केदार कार्की, जसपा दलका नेता जयराम यादव, माओवादी केन्द्रका सांसदहरू विजय विश्वास, कुशल लिम्बू लगायत सहभागी थिए।
यसअघि चार विपक्षी दलले पत्रकार सम्मेलन गरी बजेट अधिवेशन छिटाे आह्वान गर्न माग गरेका थिए।