शुक्रबार, वैशाख १४, २०८१

कर्णालीमा २३ अर्बका बजेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत, जेठ ३० :  कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ को लागि करिब २३ अर्ब बराबरको बजेट ल्याउने भएको छ । प्रदेश सरकारले असार १ गते ल्याउने बजेट करिब २३ अर्ब हुने आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिए । 

केन्द्रिय सरकारको अनुदान, प्रदेश सरकारको आन्तरिक स्रोत र चालु आर्थिक वर्षमा खर्च हुन नसकेको सञ्चित बजेट गरी करिब २३ अर्ब पुग्ने मन्त्री ज्वालाले बताए । ‘प्रदेशसँग अहिले झण्डै २३ अर्बको स्रोत छ, त्यही स्रोतमा टेकेर बजेट आउने छ’ मन्त्री ज्वालाले भने ‘बजेटमा केही दीर्घकालिन योजना समेत भएका कारण बजेटको आकार बढ्न सक्छ तर अहिले हामीसँग भएको बजेट झण्डै २३ अर्बमात्रै हो ।’

मन्त्री ज्वालाका अनुसार संघीय सरकारले दिएको बजेट अनुदान मध्ये समानीकरण अनुदानतर्फ ९ अर्व १३ करोड, शसक्त अनुदान ६ अर्व ६१ करोड, संघीय सरकारको राजश्वबाट प्राप्त ५ अर्ब ५१ करोड, प्रदेश सरकारको आन्तरिक स्रोत ५० करोड र चालु आर्थिक वर्षमा खर्च हुन नसकी सञ्चित कोषमा रहेको ५० करोड गरी जम्माजम्मी २३ अर्बको बजेट ल्याइने मन्त्री ज्वालाले बताए ।

असारे विकास बन्द गरिने

यस्तै प्रदेश सरकारले आगामी वर्षदेखि असारे विकास बन्द गर्ने योजना बनाएको भएको छ । ‘असारमा विकासभन्दा विनास बढी हुन्छ’ मन्त्री ज्वालाले भने ‘अबदेखि हामी असारे विकास पूर्णपरुपमा बन्द गर्छौं ।’ ‘कार्तिकभित्र बजेट मापदण्ड निर्देशिका तयार बनाउँछौँ’ ज्वालाले थपे ‘कार्तिकदेखि जेठसम्म बजेट कार्यान्वयन भैसक्नुपर्नेछ ।’ 

आफूसँग आन्तरिक स्रोत शून्य भएको उल्लेख गर्दै मन्त्री ज्वालाले भने ‘अनुदानको बजेटलाई सही सदुपयोग गर्न सकिएन भने कर्णालीको विकास सम्भव छैन ।’ विकास आयोजनाहरुमा हुने बेथितिहरुको अन्त्य हुने दाबी गर्दै उनले भने ‘ढिलासुस्ती गर्ने ठेकेदार र विकासका नाममा विनास गर्ने प्रवृतिको पूर्ण अन्त्य हुनेछ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।