बिहीबार, वैशाख १३, २०८१

डब्लुएचओको मान्यताअनुसार स्वास्थ्यमा यो वर्ष पनि परेन बजेट, विज्ञ भन्छन्- सकारात्मक तर अपर्याप्त

'विश्व स्वास्थ्य संगठनले विकासोन्मुख तथा गरिब देशका लागि २०३० सम्ममा स्वास्थ्यमा सबैको पहुँच पुग्नको लगि देशको कुल बजेटको १० प्रतिशत छुट्याउन पर्ने औल्याएको थियो,' उप्रेती भन्छन्, ‘हाम्रो देशमा अरु क्षेत्र पनि बजेटका लागि प्राथमिकतामा रहेका कारण स्वास्थ्यमा विश्व स्वास्थ्य संगठनले भनेअनुसार बजेट पुर्‍याउन सकिएको छैन, स्वास्थ्यलाई कम प्राथमिकतामा राखियो तर यो बजेट सकारात्मक छ।’
 |  शनिबार, जेठ १५, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

शनिबार, जेठ १५, २०७८

काठमाडौं- कोभिड–१९ महामारी समेतलाई ध्यान दिएर अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षलाई १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैंयाको बजेट प्रस्तुत गरे। यो बजेट चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँले बढी हो। चालु आर्थिक बर्षका लािग १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो। 

triton college

विगतका वर्षको तुलनामा आउँदो आर्थिक वर्षको स्वास्थ्यको बजेट आकारमा बढेको छ। स्वास्थ्यलाई गत वर्षभन्दा ३२ अर्ब ८ करोड बजेट बढी रकम विनियोजन गरी सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आर्थिक वर्ष २०७८/०७९ का लागि १ खर्ब २२ अर्ब ७७ करोड बजेट छुट्याइएको छ। गत आवमा ९० अर्ब ६९ करोड बजेट छुट्याएको थियो। 

गतवर्ष भन्दा ३२ अर्ब बजेट बढी भएतापनि विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार स्वास्थ्यमा बजेट विनियोजन गरिएको छैन। संगठनको मान्यता अनुसार कुल बजेटको १० प्रतिशत स्वास्थ्यमा हुनुपर्छ। तर यस वर्ष पनि स्वास्थ्यको बजेट सो प्रावधान अनुसार बजेट विनियोजन नभएको हो। 

यस बर्ष कुल बजेटको जम्मा ७.४५ प्रतिशत बजेट स्वास्थ्यमा छुट्याइएको छ। चालु आर्थिक वर्षपनि स्वास्थ्य क्षेत्रको बजेटमा  कुल बजेटको ६.१५ प्रतिशत छुट्याइएको थियो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वस्वास्थ्य सचिव सनेन्द्रराज उप्रेतीले यस वर्षको बजेट पर्याप्त नभएपनि सकारात्मक रहेको प्रतिक्रिया दिए। महामारीको अवस्थामा स्वास्थ्यमा गत वर्षभन्दा बजेट वृद्धि भएको छ।

corrent noodles
Metro Mart

'स्वास्थ्य क्षेत्रको बजेट पहिलादेखि नै कम प्राथमिकतामा परेको थियो,' उप्रेती भन्छन्, ‘पहिलादेखि नै बजेट वृद्धि हुनुपर्ने थियो, पछिल्ला वर्ष केही सकारात्मक बजेट देखिएको छ। आगामी बर्षमा पनि यहि प्रवृत्ति रहँदै गएमा स्वास्थ्यले प्राथमिकता पाउँदै जानेछ।’ महामारीका कारण पनि स्वास्थ्य क्षेत्र प्राथमिकतामा परेको उनले बताए। 

'विश्व स्वास्थ्य संगठनले विकासोन्मुख तथा गरिब देशका लागि २०३० सम्ममा स्वास्थ्यमा सबैको पहुँच पुग्नको लगि देशको कुल बजेटको १० प्रतिशत छुट्याउन पर्ने औल्याएको थियो,' उप्रेती भन्छन्, ‘हाम्रो देशमा अरु क्षेत्र पनि बजेटका लागि प्राथमिकतामा रहेका कारण स्वास्थ्यमा विश्व स्वास्थ्य संगठनले भनेअनुसार बजेट पुर्‍याउन सकिएको छैन, स्वास्थ्यलाई कम प्राथमिकतामा राखियो तर यो बजेट सकारात्मक छ।’

संक्रामक रोगले मानव सभ्यतामा चुनौती भएपछि मात्रै स्वास्थ्यको दिगो लगानी नै दिगो विकास भन्ने अनुभुत गराएकाले स्वास्थ्यमा लगानी बढाउँदै जानुपर्ने उनी बताउँछन्।

प्रकाशित: May 29, 2021| 13:58 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्