काठमाडौं- सरकारले फास्ट ट्र्याकका लागि ८ अर्ब १५ करोड रुपैयाँ विनियोजना गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो उद्घोष गरेका हुन्।
सुरुङमार्ग र उचाइयुक्त पुल निर्माण कार्य आगामी वर्ष सुरु गरिने र यसका लागि बजेट विनियोजन गरिएको उनको भनाइ छ।
उनले राजमार्ग विस्तार गर्दा वन क्षेत्रमा वन्यजन्तु टनेलका लागि समेत रकम विनियोजन गरेको उल्लेख गरे। यस्तै सहरी क्षेत्रमा पनि टनेल बनाइने उल्लेख गरे।
उनले हुलाकी राजमार्गका ६ अर्ब १५ करोड विनियोजन गरिएको उनले उल्लेख गरे।