मंगलबार, वैशाख ४, २०८१

‘टी–सर्ट फेसनजस्तो भयो’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- बाल्यकालमा मोजाको बल नखेल्ने कमै होलान् । नायक रमेश उप्रेती पनि ती मध्येकै हुन् । फुटबल बुझ्ने भएयताका सबै विश्वकप उनले नछुटाई हेरेका छन्, रातभर जागा बसेर । 

चार वर्षे अमेरिका बसाइमा उनले विश्वकपलाई अझ नजिकबाट बुझे । तर, आफूले मन पराएको टिमको जर्सी लगाउने इच्छा उनमा जागेन । भन्छन्, ‘हामीले खेल र खेलाडीको प्रशंसा गर्ने हो, राष्ट्रको होइन ।’ 

विश्वकप नजिकिँदा युवा–युवतीमा देखिने जर्सी लगाउने चलनलाई उनी ‘टी–सर्ट स्टन्ट’को संज्ञा दिन्छन् । र, त्यसले फेसनको रूप लिएको उनको ठहर छ । उनी भने जर्सीमा होइन, खेलमा बढी चाख दिन्छन् । 

उनले कुनै खेलाडी रोजिसकेका छैनन् । भन्छन्, ‘चार वर्षपछि आउने खेल भएकाले खेल हेरेपछि मात्रै खेलाडीप्रतिको धारणा बन्ने हो ।’ तर, उनलाई कुनै एसियाली मुलुकले विश्वकपको उपाधि उचालिदिए हुन्थ्योजस्तो लाग्छ । ‘अबको विश्वकप जापानले जित्नुपर्छ,’ उनी भन्छन् । 

उप्रेती कुनै राष्ट्रको टिम छान्ने कुरामा निकै चुजी छन् । र, विश्वका धनाढ्य राष्ट्रले खेल्दै आएको विश्वकपबाट नेपालले पनि सिक्ने धेरै कुरा देख्छन् । 

विश्वकपसम्म उक्लन राष्ट्रको समृद्धि पहिलो खुड्किलो मान्छन्, उनी । नेताहरूले खेलकुद, कला र संस्कृतितिर ध्यानै नदिएको उनको गुनासो छ । भन्छन्, ‘राष्ट्रप्रति इमानदार नेताको कमीले यस्तो भएको हो ।’

नेपाली युवाले विश्वलाई बुझ्न चाहिरहेको उनको भनाइ छ । र, क्रिकेटमा सन्दिप लामिछानेजस्ता खेलाडी अन्तर्राष्ट्रियस्तरमा पुगेकोप्रति गर्व गर्छन् । उप्रेती भन्छन्, ‘खेलाडीको मिहिनेतलाई अन्तर्राष्ट्रिय खेल जगतले चिनिसक्यो तर नेपालले अझै चिन्न सकेको छैन ।’

‘ऐश्वर्य’ फिल्म प्रदर्शनका लागि उनी दुबई हुँदै बेलायत जाँदैछन् । अघिल्ला चरणका खेलहरू यसपटक छुटाउनेछन्, उनले । तर, दुबई र बेलायतमा पनि प्रत्यक्ष प्रसारण हेर्न पाइने आशामा छन् । 

नेपालमा अर्जेन्टिनाका प्रशंसक निकै छन् । अझ, लियोनेल मेस्सीका फ्यानको संख्या ठूलो छ । १० नम्बरको टी–सर्ट लगाएका बालबालिकादेखि बयस्क व्यक्तिसम्म भेटिन्छन् । 

उप्रेतीलाई भने अर्जेन्टिनाप्रति कुनै चासो छैन । खेलाडीप्रति भने उनको सद्भाव छ । भन्छन्, ‘अर्जेन्टिनाका खेलाडीको खेलको फ्यान हुँ, टी–सर्ट लगाउनै पर्छ भन्ने छैन । जुन देशले आजसम्म नेपालीलाई भिसा दिएको छैन, त्यस देशको विम्ब आउने टी–सर्ट लगाउनुको के मजा ।’ 

अर्जेन्टिनाका खेलाडीको जादुयी खेलप्रति भने उनी नतमस्तक छन् । र, आदर गर्छन् । 

उनको झुकाव पोर्चुगल, जर्मनीजस्ता देशका खेलाडीप्रति छ । जुन देशले जिते पनि राम्रो खेल र खेलाडीको तारिफ गर्छन्, उप्रेती । र, विश्वकपको ‘प्रि–क्वार्टरफाइनल’देखिका सबै खेल हेर्ने योजनामा छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।