शुक्रबार, वैशाख ७, २०८१

बास्नाको प्रयोगबाट गरिने उपचार अरोमाथेरापी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
विज्ञानको नयाँ नयाँ आविस्कारसँगै मानव जीवनमा अनेकन समस्या तथा रोगहरु आइरहेका छन् । यीनै रोगको उपचारका लागि विभिन्न विधि तथा प्रक्रिया अबलम्बन गर्ने गरिएको छ । यही प्रक्रियामा अरुभन्दा फरक र बिरामीको मनोविज्ञानका आधारमा उपचार गर्ने पद्धति अरोमाथेरापी हो । यो मिठो सुवासको प्रयोगबाट गरिन्छ । अरोमाथेरापीमा विभिन्न फूलहरुको सुगन्धको प्रयोगबाट उपचार गरिने भएकाले शरीरमा आनन्द महशुस हुन्छ ।

यसको प्रयोगबाट शरीरमा कुनै पनि प्रकारको नकारात्मक असर पर्दैन् । यसमा धेरै किसिमका फूलका पात, फलफूल, सागसब्जी तथा मसलाको प्रयोग गरिन्छ ।
त्यस्तै बेन्जाइन, युेलिप्टस, जिरेनिया, लेवेंडर, गुलाब, वर्गमोट, ज्यास्मीन आदि तेलको पनि प्रयोग गरिन्छ ।

विभिन्न रोगको उपचारको लागि डिस्टिलेसन पद्धत्तिबाट धेरै प्रकारको फूलको रस निकालेर यो थेरापीका लागि तेल तयार गरिन्छ ।

फाइदा

तनाव र थकानबाट आराम र स्वस्थ रहनका लागि अरोमाथेरापी राम्रो उपाय हो । यसले रोग प्रतिरोधी क्षमता बढाएर मस्तिष्कको कार्यविधि बढाउँछ । फूलको सुगन्धले मनमा शान्ति र आन्नद महसुस गराउँछ । दिमागलाई शान्ति र तनाव मुक्त बनाउन  अरोमाथेरापी एक लाभदायी उपचार हो ।

फुर्तिलो बनाउँछ

अरोमाथेरापीको मद्दतले शरीरमा नँया उर्जा थपेर फुर्तिलो बनाउँछ । 'यूनिर्भसिटी अफ पीट्सबर्ग' का अनुसार अरोमाथेरापीले मानव मस्तिष्कमा तुरुन्तै सकारात्मक परिवर्तन ल्याउने काम गर्दछ ।

मानिसको शरीरमा सुवास महसुस गर्नसक्ने 'न्यूरोन' पाइन्छ जसले शरीर, दिमाग, मन र मस्तिष्कमा सकारात्मक प्रभाव पार्ने गर्छ ।

सोच्ने शक्ति बढ्छ

स्मरण शक्ति गुमाउनु भनेको मानिसले आधा जिन्दगी बिर्सिनु जस्तै मानिन्छ । उमेर ढल्किँदै जाँदा स्मरण शक्ति कमजोर हुनु स्वभाविक नै हो । यस बाहेक युवाहरुमाझ पनि 'जंक फुड' को अत्यधिक प्रयोगले स्मरण शक्ति घट्दै गएको छ भन्ने अनुसन्धानले देखाउँछ । यसका लागि अरोमाथेरापी एक सजिलो उपचारको रुपमा लिइन्छ । दिमागलाई स्फूर्ति प्रदान गर्न यो थेरापी हितकारी छ ।

छालामा चमक

अरोमाथेरापीले छालासँग सम्बन्धित विभिन्न समस्याको समाधान गर्दछ । आँखाको डार्क सर्कल, दाग र एलर्जी जस्ता छालासँग जोडिएका समस्याको समाधान गर्न यो उपयोगी हुन्छ ।

यो एक प्रकारको प्राकृतिक उपचार हो । जसको मद्दले खोकी, पाचन शक्तिसँग सम्बन्धित समस्या, रोग प्रतिरोधी क्षमता बढाउनुका साथै टाउको दुखाई र शरीरलाई फुर्तिलो बनाउने काम गर्छ । बाहिरी छाला र भित्र अंगमा लागेका घाउ निको पार्न पनि यो उपयोगी छ ।

चिकित्सकको सल्लाह अनुसार अरोमाथेरापीको प्रयोग घरमै बसेर पनि गर्न सकिन्छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्