शनिबार, वैशाख ८, २०८१

कसले जित्ला च्याम्पियन्स लिगको उपाधि?

सिटी च्याम्पियन्स लिगको फाइनल पुग्ने नवौं प्रिमियर क्लब हो। उसो त सबैभन्दा धेरै क्लबलाई च्याम्पियन्स लिग फाइनल पठाउन सकेको नै प्रिमियर लिगले हो।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं- अहिले च्याम्पियन्स लिगमा नयाँ क्लब आउने क्रम जारी छ। युरोपको शीर्ष फुटबल लिगले फाइनलमा लगातार तेस्रो वर्ष एक नयाँ टिम पाएको छ। २०१९ मा टोटेनहम, २०२० मा पीएसजी र २०२१ मा म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिग फाइनल पुगेका थिए।

triton college

तर पहिलो पटक फाइनल पुगेका पछिल्ला १० मध्ये एक टिमले मात्र फाइनल जितेको छ, त्यो क्लब हो बोरुसिया डर्टमन्ड। पछिल्लो सिजनमा पहिलोपटक फाइनल पुगेको पीएसजीले पनि जित निकाल्न सकेको थिएन। टोटेनहमले पनि फाइनलमा हार बेहोरेको थियो।

यदि आजको खेलमा सिटीले जित निकाल्न सके उ १९८२ पछि पहिलो अट्यममै युरोपियन च्याम्पियन बन्ने पहिलो इङ्लिस क्लब हुनेछ। त्यतिबेला (सन १९८२) मा एस्टोन भिल्लाले बायर्नलाई हराउँदै च्याम्पियन्स लिग जितेको थियो।

त्यसो त शनिबार राति पोर्टो स्टेडियो डो ड्रागोमा १६ हजार ५०० समर्थकबीच चेल्सी प्रिमियर लिग विजेताविरुद्ध लागतार तेस्रो जितको खोजीमा हुनेछ। किनभने २०१२ को च्याम्पियन्स लिग विजेता चेल्सीले ईपीएल र एफए कपमा यसअघि दुईपटक सिटीलाई हराइसकेको छ।

जर्मन प्रशिक्षक थोमस टुचेलले चेल्सीको चार्ज लिएपछि चेल्सीलाई ती जित सम्भव भएका हुन्। त्यसैले सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आजको खेललाई आफूलाई सफल वा असफल बनाउने बताएका छन्।

corrent noodles
Metro Mart

‘कसरी खेल्ने, मलाई ठ्याक्कै थाहा छ। कोसँग खेल्दै छौं भन्ने पनि थाहा छ,’ उनले भनेका छन्, ‘फाइनलमा हुनु एउटा अनौठो अनुभुति त हो नै तर मसँग भएका खेलाडी जो डराएका छन् उनीहरुलाई यो सामान्यः हो भनेर सम्झाइसकेको छु।’
त्यस्तै सिटीका मिडफिल्डर केभिन डिब्रुनले आफू हिरो बन्न चाहेको भावमा भने, ‘यदि सिटीले जित्यो भने त्यसले मलाई पनि हिरो बनाउनेछ। हारेमा एक फेलियर मात्र।’

स्पेनिस प्रशिक्षक ग्वयार्डिओलाका लागि भने च्याम्पिन्स लिग फाइनल नयाँ होइन। यो उनको तेस्रो फाइनल हो। तर यसअघिका दुई फाइनलमा उनको क्लब बार्सिलोना थियो। २००९ र २००१ मा। ती सिजनमा उनी च्यम्पियन बनेका थिए।
यता टुचेल भने पछिल्लो सिजनमा उपाधि नजितेका कारण अहिलेसम्म च्याम्पियन्स लिग उपाधि जित्न असफल प्रशिक्षक हुन्।

‘सिटीलाई हराउने पूर्ण विश्वासका साथ आएका छौं,’ टुचेलले भनेका छन्, ‘यो जितको भोक र अघि बढ्ने इच्छाले सम्भव हुन्छ। हाम्रो यो हप्ता फाइनल केन्द्रित र अनुशासित बितेको छ।’

चेल्सीले २००५ देखि २००९ सम्म सिटीविरुद्ध लगातार तीन खेलमा जित निकालेको थियो। जहाँ चेल्सीले लगातार आठ खेल जितेको थियो। योपल्ट पनि लगातार दुई खेलमा जित निकालिसकेको छ। फेरि त्यही इतिहास दोहो¥याउला त चेल्सीले? उसको लक्ष्य भने त्यही हुनेछ।

प्रशिक्षक टुचेल भने सिटीविरुद्धको खेल निकै चुनौतिपूर्ण मान्छन्। भन्छन्, ‘सिटी, बायर्न वा बार्सिलोनाविरुद्ध खेल्न जहिल्यै पनि गाह्रो हुने गर्दछ जब पेप त्यो टिममा छन्। उनी खेलाडीमा दरिलो विश्वास र जितको मानिसकता ल्याउन खप्पिस छन्।’
विगतमा जस्तो भए पनि अहिलेको अवस्थामा उनले सिटी निकै बलियो प्रतिद्वन्दी रहेका बताए।

युरोपियन प्रतिस्पर्धाको मात्र कुरा गर्ने हो भने चेल्सी र म्यानचेस्टर सिटीले ५० वर्ष अघि खेलेका थिए। कप विनर्स कप १९७०–७१ को सेमिफाइनलमा। सेमिफाइनलका दुवै खेलबाट समग्रमा १–० गोलको चेल्सीले जित निकालेर फाइनल प्रवेश गरेको थियो। म्यानचेस्टर सिटी सेमिफानलबाटै बाहिरिएको थियो।

तर, अहिले च्यम्पियन्स लिगको पहिलोपटक फाइनलमा पुगेर म्यानचेस्टर सिटीले एउटा रेकर्ड त राखिसकेको छ। अब जितेर अर्को रेकर्ड राख्न चहान्छ।

सिटी च्याम्पियन्स लिगको फाइनल पुग्ने नवौं प्रिमियर क्लब हो। उसो त सबैभन्दा धेरै क्लबलाई च्याम्पियन्स लिग फाइनल पठाउन सकेको नै प्रिमियर लिगले हो।

दोस्रो र तेस्रोमा रहेका इटालिन लिग सिरी ए र जर्मन बुन्डेलिगाका समान ६ भिन्नभिन्न क्लब च्याम्पियन्स लिग फाइनलमा पुग्न सकेका छन्।

दुईपटक च्याम्पियन्स लिग फाइनलमा पुगेको चेल्सीले एकपटक उपाधि जितेको छ भने एकपटक हार बेहोरेको छ।
यो वर्षको फाइनल विभिन्न टेलिभिजन च्यानलबाट विश्वका १० देशबाट हेर्न पाइनेछ। प्रतियोगिताअघि १० मिनेटको ओपनिङ कार्यक्रम रहनेछ।

प्रकाशित: May 29, 2021| 10:26 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।