काठमाडौं- सरकारले आज अध्यादेशमार्फत् २०७८/७९ को वार्षिक बजेट ल्याउँदै छ। त्यसका लागि अध्यादेश सिफारिस गर्न अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गर्नेछ।
राष्ट्रपतिले अध्यादेश जारी गरेपछि राजपत्रमा प्रकाशित हुनेछ। त्यसपछि आज अपरान्ह ४ बजे सिंहदरबारमा अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्नेछन्।