शुक्रबार, वैशाख ७, २०८१

भारतबाट ल्याएको केराको मूल्य कैलाली पुग्दा दोब्बर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- भारतमा उत्पादित केरा आयातमा रोक लगाइए पनि कैलालीका उपभोक्ताले भने महंगो मुल्य तिरेर भारतीय केरा नै उपभोग गर्नु परेको छ ।

स्थानीय केरा उत्पादक किसानहरुले कैलालीमा उत्पादित केरालाई प्रोत्साहन गर्ने भन्दै भारतबाट केरा आयातमा रोक लगाए पनि उपभोक्ता भने भारतीय केरा नै उपभोग गर्न बाध्य छन् ।  

गौरीफन्टा नाकाबाट केरा आयातमा रोक लगाए पनि रुपडिया नाकाबाट नेपाल भित्रिने केरा नै कैलालीका उपभोक्ताले उपभोग गर्नु परिरहेको छ ।

केरा उत्पादक किसानहरुले कैलाली केरामा आत्मनिर्भर छ भने पनि माग अनुसार उत्पादन गर्न नसक्दा भारतमा उत्पादित केरा नै नेपाली बजारमा भित्र्याउनु परेको हो ।
किसानको पटक पटकको माग पछि प्लान्ट क्वारेन्टाइन कार्यालय धनगढीले गत बर्षको असोजबाट भारतीय केराको आयातमा रोक लगाएको थियो ।

नजिकको गौरीफन्टा नाकाबाट केरा आयातमा रोक लगाएपछि रुपडिया नाका हुँदै नेपालगन्ज भएर धनगढी पुग्ने केराको मुल्य दुई गुणा महंगो छ । रुपडिया नाकाबाट कैलाली भित्रिने केरा उपभोक्ताले प्रति दर्जन ९० रुपैँया सम्म तिर्नुपरेको छ । जबकी गौरीफन्टा नाका भएर आउँदा उक्त मुल्य ५० देखि ५५ रुपैँया पर्ने गरेको केरा व्यापारीहरु बताउछन् ।

गौरीफन्टा नाकाबाट केरा आयातमा रोक लगाए पनि नेपाली किसानले आवश्यकता अनुसार केरा उत्पादन गर्न  रुपडिया नाकाबाट भारतीय व्यपारीले नै कैलाली ल्याउने गरेको थोक बिक्रेताहरु बताउछन् । बजारमा प्रत्येक दिन हजारौं टन केराको माग बढेकाले बेला थोक व्यापारीले ढुवानी, चिस्यान लगायतले मुल्य बढेको बताएका छन् । थोक व्यापारीका अनुसार लामो यात्रामा केरा ल्याउँदा केराको गुणस्तर समेत घटेको छ ।

टीकापुरमा केरा उत्पादन गर्दै आएका रामबहादुर कुँवरले गौरीफन्टा नाकाबाट केरा नेपाल भित्रिदा कैलालीमा उत्पादित केरा भन्दा प्रतिदर्जन १२ देखि १५ रुपैँया सम्म सस्तो पर्दा स्थानीय केरा बिक्रि नहुने गरेको बताए ।

आर्थिक बर्ष २०७३/०७४ मा मात्रै गौरीफन्टा नाकाबाट एक हजार छ सय ८९ मेट्रिक्टन केरा कैलाली भित्रिएको थियो । चालग आर्थिक बर्षको दुई महिनामा मात्रै चार सय ४४ टन केरा कैलाली भित्रिएको छ ।

'केराको माग अत्याधिक छ, तर नेपालमा केरा छन,  उपभोक्ताको माग अनुसार नै रुपडिया नाकाबाट केरा ल्याउनु परेको छ' जय श्री बासुलिङ ट्रेड एण्ड सप्लायर्सका सञ्चालक महादेव भट्टले भने-'नेपालमा सिजन अनुसार मात्रै केरा उत्पादन हुन्छ त्यसैले भारतबाट केरा ल्याउनै पर्दछ ।'

नजिकको नाकाबाट बन्द गरेर टाढाको नाकाबाट ल्याउनुपर्दा उपभोक्ता महंगो मुल्यमा किन्न बाध्य भएको उनको भनाई छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार कैलालीमा दुई सयभ ५० भन्दा बढी कृषक केरा खेतीमा छन् । करिव सात सय ५० हेक्टर क्षेत्रफलमा केरा खेती गरिन्छ ।

कैलालीमा उत्पादन हुने केरा सुदूरपश्चिमका नौ वटै जिल्ला र दाङ, सुर्खेतलगायत जिल्लामा निर्यात हुने गरेको छ । झण्डै आठ लाख जनसंख्या रहेको कैलाली जिल्लामा बार्षिक ६४ हजार मेट्रिकटन तरकारी तथा फलफूलको आवश्यकता पर्दछ ।

कैलाली जिल्लामा चालु आर्थिक बर्ष २०७४/०७५ मा करिव १० हजार आठ सय मेट्रिक्टन केरा उत्पादन भएको छ ।

गत आर्थिक बर्ष २०७३/०७४ को तुलनामा यो आर्थिक बर्ष केरा उत्पादन बढेको छ । गत बर्ष ७ सय ३५ हेक्टर जमिनमा नौ हजार नौ सय सय २२ मे«िटक्टन उत्पादन भएको थियो ।

तराईको भुभागमा उन्नत जातको केरा उत्पादन बढेसंगै पहाडी गाउँपालिका महोन्याल र चुरेमा स्थानीय केराको उत्पादन पनि बढेको तथ्यांकले देखाएको छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।