मंगलबार, वैशाख ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम : एमाले संसदीय दलको प्रमुख सचेतकबाट हटाइए तामाङ, खड्कालाई जिम्मेवारी

सुदूरपश्चिम : एमाले संसदीय दलको प्रमुख सचेतकबाट हटाइए तामाङ, खड्कालाई जिम्मेवारी

प्रमुख सचेतक रहेका तामाङलाई दलको तर्फबाट अर्को जिम्मेवारी दिनुपर्ने भएको भन्दै पदमुक्त गरिएको सभामुखलाई पठाएको पत्रमा उल्लेख छ। तामाङलाई हटाएपछि प्रदेश सभा सदस्य लालबहादुर खड्कालाई प्रमुख सचेतकको जिम्मेवारी तोकिएको छ। 
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं- नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रमुख सचेतक तारा लामा तामाङलाई पदमुक्त गरेको छ। दलका नेता प्रकाश शाहले सभामुखलाई पत्र पठाएर तामाङलाई पदमुक्त गरिएको जनाएका हुन्।

triton college

प्रमुख सचेतक रहेका तामाङलाई दलको तर्फबाट अर्को जिम्मेवारी दिनुपर्ने भएको भन्दै पदमुक्त गरिएको सभामुखलाई पठाएको पत्रमा उल्लेख छ। तामाङलाई हटाएपछि प्रदेश सभा सदस्य लालबहादुर खड्कालाई प्रमुख सचेतकको जिम्मेवारी तोकिएको छ। 

पदमुक्त गरिएका तामाङ कञ्चनपुर-१ 'कु'बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् भने खड्का कञ्चनपुर-२ 'क'बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।

त्यस्तै सचेतकमा दुर्गा विकलाई नियुक्त गरिएको छ। उनी अछामबाट निर्वाचित प्रदेश सांसद हुन्। यसअघि एमाले सुदुर पश्चिम संसदीय दलमा सचेतक थिएनन्।

प्रकाशित: May 28, 2021| 10:39 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।