काठमाडौं- नेपालमा पछिल्ला ९ महिनामा १ लाख ५० हजार सवारी साधन थपिएका छन्।
शुक्रबार चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थ मन्त्रालयले उक्त जानकारी गराएको हो।
आर्थिक सर्वेक्षणअनुसार गत वर्ष २०७७ असारसम्म ३८ लाख ३६ हजार ५०२ सवारी साधन रहेकोमा फागुनमा सवारी साधनको संख्या ३९ लाख ८७ हजार २६७ सवारी साधन पुगेको छ। उक्त संख्यामा सबै किसिमका सवारी साधन समावेश गरिएको आर्थिक सर्वेक्षणमा खुलाइएको छ।