कैलाली– बालबालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा गोदावरी नगरपालिका २ स्थित अहिंसा बादी विश्वशान्ति धर्म च्रक बौद्ध गुम्बाका सञ्चालक ७० वर्षीय गणेश बहादुर मोक्तानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
मोक्तानले गुम्बामा रहेका आश्रित बालबालिकाहरु माथि यौन दुर्व्यवहार गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।