शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • मकालुबाट ७ हजार किलो फोहोर संकलन, ४ हजार ९ सय किलो काठमाडौं लगियो

मकालुबाट ७ हजार किलो फोहोर संकलन, ४ हजार ९ सय किलो काठमाडौं लगियो

टोलीले संकलन गरेको कुहिने फोहोर बिहीबार मकालु गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेललाई हस्तान्तरण गरिएको सेनानी थापाले बताए। नकुहिने फोहोर काठमाडौं लगिएको सेनानी थापाले उल्लेख गरे। 
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

किमाथाङ्का- सफा हिमाल अभियानअन्तर्गत सङ्खुवाभाको मकालु हिमालबाट साढे करिब ७ हजार किलोग्राम फोहोर संकलन गरिएको छ। नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले मकालु हिमालबाट ६ हजार ६०७ किलोग्राम फोहोर संकलन गरेको हो। 

triton college

मकालु हिमालको आधार शिविरबाट फोहोर संकलन गरेको टोलीमा सहभागी नेपाली सेनाका सेनानी रुपकजंग थापाले जानकारी दिए। फोहोर संकलन गर्ने नेपाली सेनाका १० जना र पिक प्रमोसन एजेन्सीका २४ जनाको टोली गत वैशाख १२ गते  मकालु हिमालको आधार शिविर पुगेका थिए। टोलीले गत जेठ ११ गतेसम्म मकालु हिमालको पहिलो, दोस्रो, तेस्रो, र चौँथो क्याम्प फोहोर संकलन गरेको हो।

सङ्खुवासभाको मकालु गाउँपालिका २ मा पर्ने मकालु हिमालको उचाई ८ हजार ४ सय ६२ मिटर छ। अभियान टोलीले मकालु हिमालको ७ हजार ४ सय मिटर उचाई सम्मको फोहोर संकलन गरेको जनाएको छ। 

‘सफा हिमाल अभियान २०२१’ अन्तर्गतगत फोहोर संकलन टोलीले मकालु हिमालबाट ४ हजार ८ सय ८२ किलोग्राम नकुहिने फोहोर र १७ सय २५ किलोग्राम कुहिने फोहोर संकलन गरेको सेनानी थापाले जानकारी दिए। टोलीले संकलन गरेको कुहिने फोहोर बिहीबार मकालु गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेललाई हस्तान्तरण गरिएको सेनानी थापाले बताए। नकुहिने फोहोर काठमाडौं लगिएको सेनानी थापाले उल्लेख गरे। 

यस्तै सफा हिमाल अभियान अन्तर्गत मकालु,सगरमाथा, ल्होत्से, पुमोरी, धौलागिरि, आमादब्लम हिमालको सरसफाइ गरेको टोलीले जनाएको छ। सगरमाथा र ल्होत्से हिमालको जेठ १५ गते सम्म फोहोर संकलन हुने टोलीले जनाएको छ।

corrent noodles
Metro Mart

सरकारले हिमाल सफाइका लागि नेपाली सेनालाई वातावरण मन्त्रालयबाट १२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो। -रासस 

प्रकाशित: May 27, 2021| 14:38 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्