बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सर्पको डसाईले मृत्यु भएकी पार्वतीको शब उत्खनन् गर्दै प्रहरी  

सर्पको डसाईले मृत्यु भएकी पार्वतीको शब उत्खनन् गर्दै प्रहरी  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart

धनगढी।    महिनावारी बार्न छाउपडी गोठमा सुतेको बेला सर्पले डसेर ज्यान गुमाएकी पार्वती बुढाको शव प्रहरीले उत्खनन् गर्ने भएको छ । पोष्टमाटम नै नगरेर शव गाडिएकोले पोष्टमाटम गर्नका लागि शव उत्खनन् गर्न लागिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राकेश तण्डुकारले जानाकरी दिए । 

प्राकृतिक मृत्यु वाहेकका घट्नामा अनिवार्य पोष्टमाटम गर्नुपर्ने कानुनी व्यवस्था भएकाले शव उत्खनन् गर्न लागिएको उनले जानकरी दिए । शव उत्खनन्का लागि प्रहरीको टोली शव स्थलमा पुगिसकेको छ । शवलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याईने प्रहरीले जानकारी दिएको छ । 

अछामको तुर्माखाद गाउपालिका(४ जुया गाउकी १८ वर्षीया पार्वतीको शनिवार राति छाउपडी गोठमा सर्पले डसेर ज्यान गएको थियो । आफन्तले पोष्टमार्टम नै नगरी शव गाडेका थिए । प्रहरीले खवर पाउँदा  शव पोष्टमाटम गर्नुपर्ने भएकाले गाउलेले छाउ गोठमा नभइ घरमै सर्पले डसेर मृत्यु भएको भनेर सल्लाह गरेर घट्ना ढाकछोप गरेका थिए । 
नेपाल समयले छाउगोठमै मृत्यु भएको भनि समाचार प्रकाशित गरेपछि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरीलाई घट्ना बारे बुझ्न टोली घट्नास्थल पठाउन लगाएको थियो । अछाममा छाउपडी गोठमा हाल सम्म थुप्रै किशोरी तथा महिलाले ज्यान गुमाए पनि अधिकांशको शव पोष्टमाटम नगरेरै दाहासस्कार गर्ने गरिन्थ्यो । पार्वतीको शव उत्खनन् गरेर पोष्टमाटम गरेपछि छाउपडी कुप्रथा बार्ने र बार्न लगाउने प्रचलनमा कमि आउने यसका अभियान्ताहरुले विस्वास लिएका छन् । छाउपडी गोठमा ज्यान गुमाएकी महिलाको खाल्डोबाट शव निकालेर पोष्टमाटम गरेको यो नै पहिलो घट्ना हो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।