शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • हुण्डीको ५३ लाख ८० हजार रुपैयाँसहित वीरगंजबाट २ जना पक्राउ

हुण्डीको ५३ लाख ८० हजार रुपैयाँसहित वीरगंजबाट २ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबार गरेको आरोपमा ५३ लाख ८० हजार रूपैयाँसहित २ जनालाई पक्राउ गरेको छ।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

वीरगंज- जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबार गरेको आरोपमा ५३ लाख ८० हजार रूपैयाँसहित २ जनालाई पक्राउ गरेको छ।

triton college

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका- ११ श्रीपुर बस्ने १९ वर्षीय प्रकाश जैसवाल र पानीटंकी ८ का शिव आनन्द गुप्ता छन्।

बिहीबार दिउँसो प्रकाश जैसवालले कालो झोला बोकी हिँडिरहेको अवस्थामा श्रीपुरबाट नियन्त्रणमा लिई खनतलासी गर्दा झोलाबाट २४ लाख रूपैयाँ र बाराको प्रसौनी गाउँपालिका– ६ का शिव आनन्द गुप्ताको पानीटंकीस्थित डेरामा खानतलासी गर्दा अन्य दुईवटा झोलामा राखिएको २९ लाख ८० हजार रूपैयाँ गरी ५३ लाख ८० हजार रूपैयाँ बरामद गरेको हो।

दुवै जनालाई नियन्त्रणमा लिई पर्सा प्रहरीले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।

प्रकाशित: May 27, 2021| 13:13 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।