बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पर्सामा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा १३ दिनमा १६ जनाविरुद्ध मुद्दा

पर्सामा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा १३ दिनमा १६ जनाविरुद्ध मुद्दा

पर्सामा प्रहरी क्रियाकलापको अवैध भिडियो बनाएको र दुर्व्यवहार गरेको आरोपमा पछिल्ला १३ दिनमा १६ जनाविरुद्ध मुद्दा चलाइएको छ।
 |  बिहीबार, जेठ १३, २०७८

जियालाल साह

जियालाल साह

बिहीबार, जेठ १३, २०७८

वीरगंज- पर्सामा प्रहरी क्रियाकलापको अवैध भिडियो बनाएको र दुर्व्यवहार गरेको आरोपमा पछिल्ला १३ दिनमा १६ जनाविरुद्ध मुद्दा चलाइएको छ।

triton college

वीरगंजमा खटिएको पिकेट, मोबाइल तथा मोटरसाइकल गस्तीमा रहेका प्रहरीलाई अभद्र व्यवहार गरी काम कारबाहीमा अवरोध पुर्‍याई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुर एवम् संक्रामक ऐन २०२० बमोजिम जिल्ला प्रहरी कार्यालयले वैशाख ३१ यता १४ जनालाई मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए।

विभिन्न घटनामा वीरगंज र ग्रामीण भेगमा निषेध आदेश पालना गराइरहेको प्रहरीमाथि दुर्व्यवहार तथा हातपात गर्नेहरुमाथि मुद्दा चलाइएको उनले दाबी गरे।

निषेध आदेशको समयमा प्रहरी आफ्नो व्यवहार र क्रियाकलपाका कारण आलोचित हुँदै आएको छ। सार्वजनिक स्थानमा कुटपिट तथा दुर्व्यवहारको भिडियो बनाएको भन्दै सर्वसाधारलाई केरकार गर्ने तथा थुन्नेसम्मको काम भएको छ।

प्रहरीमाथि दुर्व्यवहारका घटना बढ्दै

corrent noodles
Metro Mart

जिल्लामा प्रहरीमाथि दुर्व्यवहारका घटना दोहरिँदै गएका छन्। बिरामीको खाना पुर्‍याउन गएका तथा औषधि किन्न गएकालाई प्रहरीले जथाभावी कुटपीट गर्न थालेपछि प्रहरीमाथि पनि दुर्व्यवहार बढ्दै गएको देखिन्छ।

प्रहरीमाथि दुर्व्यवहार गरिएको भन्दै वैशाख ३० गतेयता १६ जनामाथि प्रहरीले मुद्दा चलाएको छ।

वैशाख ३० गते मात्रै पाँच जनामाथि मुद्दा चलाएको थियो। प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर १० का २६ वर्षीय साहेब शेख, वडा नम्बर १३ का ३० वर्षीय मोहमद असरफ हुसेन, त्यसैगरी पोखरिया नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय युवा हफिन हुसेन, विन्दवासिनी गाउँपालिका वडा नम्बर ४ का ३० वर्षीय भोला प्रसाद साहलाई मुद्दा चलाएको छ भने, अर्का भारत विहारको वेतिया वैरिया वडा नम्बर ४ का मुन्ना साहलाई समेत उही प्रकारको मुद्दा चलाएर कारबाही प्रकृया अगाडि बढाएको पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए।

यस्तै वीरगंज महानगरपालिका वडा नम्बर २२ मा निषेध आदेशको समयमा प्रहरीमाथि दुर्व्यवहार गरेको भन्दै जगरनाथपुरका २६ वर्षीय राजन यादव, ३२ वर्षीय राजेन्द्र प्रसाद यादव र सुरेन्द्र साहलाई अपराधिक उपद्रव गरेको आरोपमा मुद्दा चलाइएको छ।

प्रहरीमाथि कुटपिट

पर्सा प्रहरीले निषेध आदेश पालना गराउने प्रयास गरिरहे पनि वीरगंजको मुख्य सडकबाहेक कुनै टोलमा पनि पालना भएको देखिँदैन।

साँझको समयमा वीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्ली पोखरीमा माछा बेचिरहेका व्यपारीहरूलाई २÷३ जना प्रहरीले लखेट्न खोज्दा स्थानीयले उल्टै प्रहरीमाथि गर्दै हतियार खोस्ने प्रयास गरेका थिए। उक्त घटनामा प्रहरीले स्थानीयले नै बनाएको भिडियोको सहाराले ७ जनालाई दोषी पाएको थियो।

जसमध्ये सोही वडाका ३४ वर्षीय मोहमद हसन, ३५ वर्षीय सैफुन खातुन, १९ वर्षीय रोहित कुमार गुप्ता, १८ वर्षीय गुलामे मुस्तफा र २० वर्षीय मोहमद समिमलाई पक्राउ गरेको छ भने, भोला र प्रमोद भन्ने व्यक्ति फरार रहेको पर्सा प्रहरीले जनाएको छ।

घटनामा प्रहरी कुट्ने र हतियार खोस्ने कसुरमा प्रत्यक्ष संलग्न भई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर कारबाही प्रकृया अगाडि बढाइएको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिएका छन्।

प्रकाशित: May 27, 2021| 09:29 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।