बिहीबार, वैशाख ६, २०८१

सुदूरपश्चिमका पूर्वप्रदेश प्रमुख मल्लको निधन

सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं - सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ।

triton college

लामो समयदेखि निमोनियाबाट ग्रस्त मल्लको उपकारका क्रममा काठमाडौस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए। 

मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्यसमेत भएका थिए। उनी २०३७ देखि २०४६ सम्म राष्ट्रिय पञ्चायत सदस्य भएका थिए। 

मल्ल २०२८ सालमा डोटी बोगटानअन्तर्गत पन्डौंन गाउँ पञ्चायतको प्रधानपञ्च, २०३२ सालमा कैलाली जिल्ला पञ्चायतको उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष, २०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहाकार र त्रिभुवन विश्व विद्यालयको सभासद भएका थिए। 

२०७० सालको दोस्रो संविधानसभा अघि उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। भजनी नगरपालिका निवासी मल्लका १ छोरा र १ छोरी छन्। 

corrent noodles
Metro Mart

प्रकाशित: May 27, 2021| 02:34 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।