बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • एमनेस्टीले भन्यो– पत्रकारलाई धम्क्याउने कार्य रोकियोस्

एमनेस्टीले भन्यो– पत्रकारलाई धम्क्याउने कार्य रोकियोस्

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले सञ्चारमाध्यममा समाचार प्रकाशित गरेकै आधारमा पत्रकारलाई धम्की नदिन नेपाल सरकारका अधिकारीहरुलाई आग्रह गरेको छ। 
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

काठमाडौं– अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले सञ्चारमाध्यममा समाचार प्रकाशित गरेकै आधारमा पत्रकारलाई धम्की नदिन नेपाल सरकारका अधिकारीहरुलाई आग्रह गरेको छ। एमनेस्टीले  समाचारका विषयमा असहमति रहेमा उचित प्रक्रिया अवलम्बन गर्न र पत्रकारलाई डर र असुरक्षाको वातावरणमा धकेल्ने खालको स्वेच्छाचारी कदम नचाल्न अपिल गरेको हो।

triton college

नेपालसमय डट कमका प्रधान सम्पादक नारायण अमृत र इमेजखबर डट कमका सम्पादक राजन कुइँकेललाई सर्वोच्च अदालत प्रशासनले प्रकाशित समाचारको स्रोत खुलाउन र माफी माग्न दबाब दिएको विषयमा प्रतिकृया जनाउँदै एमनेस्टीले यस्तो अपिल गरेको हो।

एमनेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘अधिकारीहरूले संवैधानिक रूपमा प्रत्याभूत प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्छ र समाचार प्रकाशन गरेकै निहुँमा पत्रकारहरूलाई धम्क्याउने र प्रताडित गर्ने कार्यबाट आफूलाई टाढा राख्नुपर्छ।’ 

पत्रकारले स्वतन्त्रपूवर्क र समाचार लेखेकै कारण प्रतिशोधमा नपर्ने भयरहित वातावरणमा काम गर्न सक्ने अवस्था सुनिश्चित गर्न पनि एमनेस्टीले नेपाल सरकारलाई आग्रह गरेको छ। अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको संरक्षण, प्रवर्धन र परिपूर्तिका लागि स्वतन्त्र प्रेस पूर्वसर्त रहेको एमनेस्टीले स्मरण गराएको छ। 
 

प्रकाशित: May 26, 2021| 09:17 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।