शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीमा २५ हजार फलफूलका बिरुवा रोपिँदै, मुख्यमन्त्रीले गरे शुभारम्भ

लुम्बिनीमा २५ हजार फलफूलका बिरुवा रोपिँदै, मुख्यमन्त्रीले गरे शुभारम्भ

२५६५औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा वृक्षारोपण गरिएको छ। लुम्बिनीको पवित्र उद्यानको उत्तरी भागमा सिसौँका बिरुवा प्रतिस्थापन गरेर विभिन्न प्रकारका फलफूलका बिरुवा रोपिएको हो।
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

बुटवल- २५६५औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा वृक्षारोपण गरिएको छ। लुम्बिनीको पवित्र उद्यानको उत्तरी भागमा सिसौँका बिरुवा प्रतिस्थापन गरेर विभिन्न प्रकारका फलफूलका बिरुवा रोपिएको हो।

triton college

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले वृक्षारोपणको शुभारम्भ गरे। प्राचीन समयमा लुम्बिनी क्षेत्र सम्पूर्ण साल वन रहेको मानिन्छ। बिस्तारै वस्ती विकास हुने क्रममा वन मासिदै गएपछि लुम्बिनी क्षेत्रका ७ वटा गाउँ अधिग्रहण गरी हालको पवित्र उद्यान क्षेत्र स्थापन भएको थियो। अहिलेको उद्यान क्षेत्रलाई पहिलकै अवस्थामा पुर्‍याउन सो क्षेत्रमा वृक्षारोपणको सुरुवात गरिएको लुम्बिनी विकास कोषले जनाएको छ। 

यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आउँदा यहाँ सिसौका रुख नभई विभिन्न फलफूल तथा सुगन्धित पुष्पहरुको बगैचा हुनुपर्ने आशय व्यक्त गरेका थिए। सुरुसुरुमा जग्गा कब्जा गर्न र वन क्षेत्रको रुपमा छिटो विकास गर्न सिसौ रोपिएको कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले जानकारी दिए। तर ठूलो संख्यामा रोप्दा रोग फैलिने, छिटो मर्ने र दीर्घायु नभएको र वन्यजन्तु तथा चराचुरुङी आदिलाई पनि धेरै फाईदा नदिएका यसलाई बिस्थापित गरी तराईका रैथाने फलफूलहरु रोप्न थालिएको बताए। 

यहाँ आँप, लिची, कागती, अम्बा, बाँस, बेत, सिमललगायतका जैविक उद्यानसमेत स्थापना हुने गरी फलफूल बगैँचाको अवधारणा बनाइएको उनले बताए। 

गत वर्ष पनि ७ हजार विभिन्न फलफूलका बिरुवा रोपेको र यस वर्ष २५ हजार बिरुवा रोप्न सबै ईन्जिनियरिङका प्रक्रियाहरु पुरा गरेको कोषका योजना अधिकृत सरोज भट्टराईले बताए। बुधबारबाट सुरु भएको वृक्षारोपण कार्य आगामी मंसिर महिनासम्ममा सकिने गरी ठेक्का प्रदान गरिएको भट्टराईले बताए। 

corrent noodles
Metro Mart

विश्वभर लुम्बिनी क्षेत्र स्थापित : मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले विश्वभरका मानव जातिको कल्याणका लागि लुम्बिनी क्षेत्र स्थापित बनेको बताएका छन्। २५६५ औं बुुद्धजयन्तीको अवसरमा बुधबार लुम्बिनीमा आयोजित पूूजापाठ तथा संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले लुम्बिनी संसारभरका बौद्धिष्टहरुको विश्वग्रामका रुपमा विकास भएको बताए।

‘विश्व समुदायले बुद्धिज्मलाई कसरी ग्रहण गरेको छ भनेर हेर्ने थलोको रुपमा लुम्बिनी मात्रै छ’ उनले भने। मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेश सरकारले लुम्बिनीको विकासका लागि उच्च प्राथमिकतामा राखेको बताउँदै बजेटको सुनिश्चतासमेत गरेको जानकारी दिए। 

उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी (भिक्षु मेत्तेय) ले कोभिडका कारण विश्व नै तहसनहस भइरहेका बेला मानव जगतमा धैर्यता कायम गर्न बुद्धबचन सहयोगी हुने बताए। उनले बौद्ध जीवन बाँच्नको लागि लुम्बिनी अत्यन्त उत्तम थलो रहेको उनले बताए।

एउटा मात्र बुद्ध मात्र नभई बौद्ध पराम्परा दिने देशको रुपमा नेपाल विकसित हुदै गएको उनको भनाइ छ। शाक्यमूनि बुद्धभन्दा अगाडि क्रकुछन्द र कनकमूनि बुद्ध जन्माएर प्राचीन बौद्ध पराम्परा नेपालमा पहिलेदेखि नै रहेको उनले बताए। त्यो समय र बौद्ध अध्ययनको लागि लुम्बिनी उत्तमस्थल रहेको उनले बताए।

लकडाउनको महामारीपछि शान्ति खोजी गर्नेहरुको संख्यामा वृद्धि हुने विकास कोषका उपाध्यक्ष मेत्तेयको भनाइ छ। कोभिडको कारण स्वास्थ्य मापदण्ड अपनाउदैँ लुम्बिनीस्थित मायादेवी मन्दिरको परिसरमा लुम्बिनीका बिहार र गुम्बाका गुरुहरुको मन्त्रोच्चारणसहित सम्पन्न कार्यक्रममा लुम्बिनी विकास कोषका तर्फबाट भिक्षुहरुलाई संघदानसमेत गरिएको थियो। 

उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीको अवसरमा दिएको शुभकामना सन्देश प्रसारण गरिएको थियो भने कोषका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पठाएको सन्देशसमेत सदस्य सचिव सानुराजा शाक्यले वाचन गरेर सुनाएका थिए।

प्रकाशित: May 26, 2021| 08:55 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।