बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना नियन्त्रणमा कर्णाली प्रदेशले स्वयंसेवक खटाउने

कोरोना नियन्त्रणमा कर्णाली प्रदेशले स्वयंसेवक खटाउने

कोरोना नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले अब स्वयंम्सेवक खटाउने निर्णय गरेको छ। शव व्यवस्थापन, अक्सिजनको आपूर्ति र समुदाय जनचेतना फैलाउनका लागि स्वयंम्सेवक खटाउने लागिएको हो।
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

सुर्खेत - कोरोना नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले अब स्वयंम्सेवक खटाउने निर्णय गरेको छ। शव व्यवस्थापन, अक्सिजनको आपूर्ति र समुदाय जनचेतना फैलाउनका लागि स्वयंम्सेवक खटाउने लागिएको हो।

triton college

स्वयंसेवकहरूले मुख्यगरी बाह्य जिल्लाबाट आउने संक्रमितको उपचारमा सहयोग, संक्रमितको मृत्यु भएको खण्डमा दाहसंस्कारको लागि व्यवस्थापन, अस्पतालमा अक्सिजनको सहज आपूर्ति, समुदायमा पुगेर सचेतना फैलाउने र संक्रमितलाई रेखदेखलगायत काम गर्नेछन्।

हाल प्रदेशका विभिन्न जिल्लाबाट उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा आएका संक्रमितको मृत्यु हुँदा दाहसंस्कारमा समस्या हुँदै आएको छ। 

स्वयंम्सेवक परिचालन भए दाहसंस्कारमा सहज हुनेछ। त्यस्तै संक्रमण कर्णालीका गाउँ–गाउँमा पुगे पनि नागरिकहरु सचेत छैनन्। अब गाउँमा पुग्ने वयंसेवकहरूले संक्रमितको अवस्था र सावधानीका उपाय सिकाउने छन्। अवस्था जटिल भएमा प्रकृतिका संक्रमितलाई अस्पतालसम्म पुर्‍याउन सहयोग गर्नेछन्। हाल अघिकांश संक्रमित अन्तिम अवस्थामा मात्रै अस्पताल नपुगेकै कारण उपचारमा समस्या भएको छ भने मृत्युदर बढ्दो छ।

स्वयंसेवकका लागि सरकारले आवश्यक मापदण्ड बनाएर स्वेच्छिक रुपमा सार्वजनिक आह्वान गरिने छ। कोरोना नियन्त्रणमा खटिने स्वयंसेवकले भने निःशुल्क रुपमा सेवा गर्नुपर्ने छ। सरकारले चिया खर्च दिए पनि तलव सुविधा भने उपलब्ध गराउने छैन। ‘महामारीमा सरकारलाई सघाउनका लागि स्वयम्सेवक खटाउन लागिएको हो,’ प्रदेश सरकारका प्रवक्तासमेत रहेकी आन्तरिक मामिला, कानुन, यूवा तथा खेलकुद मन्त्री सीताकुमारी नेपालीले भनिन्, ‘स्वयंसेवकले तलव सुविधा पाउँदैनन्।’

corrent noodles
Metro Mart

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना नियन्त्रण, व्यवस्थापन तथा प्रतिकार्यका लागि स्वयंसेवक खटाउने निर्णय गरेको हो। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संरक्षकत्वमा स्वयंसेवक परिचालन हुनेछन्। सामाजिक विकास मन्त्रालयले आवश्यक मापदण्ड तयार पारेपछि स्वयंसेवकका लागि सार्वजनिक आह्वान गर्नेछ।

प्रकाशित: May 26, 2021| 01:59 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।