शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ओलीलाई समर्थन नगरेको भन्दै महन्थ ठाकुरले सोधे उपेन्द्र यादवलाई स्पष्टीकरण [पत्रसहित]

ओलीलाई समर्थन नगरेको भन्दै महन्थ ठाकुरले सोधे उपेन्द्र यादवलाई स्पष्टीकरण [पत्रसहित]

पार्टी नीति विपरीतका गतिविधि गरेको भन्दै अनुशासनको कारबाही अघि बढाउनका लागि स्पष्टीकरण सोधिएको ठाकुरले पठाएको पत्रमा उल्लेख छ। 
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं- जनता समाजवादी पार्टीका एक जना अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण पत्र पठाएका छन्। मंगलबार अध्यक्ष यादवलाई ठाकुरले स्पष्टीकरण पत्र पठाउँदै तीन दिनभित्र प्रत्युत्तर पठाउन भनिएको छ। 

triton college

'विगतका केही दिनमा तपाईंको काम कार्वाही र कृयाकलाप हाम्रो पार्टीको मुल्यमान्यता, नीति तथा विधान विपरीत भैरहेको हुँदा तपाईंलाई पार्टी विधानको दफा ४९ मा भएको अनुशासनको कारबाही सम्बन्धी व्यवस्थानुसार यो स्पष्टीकरण सोध्ने कार्य भएको छ,' ठाकुरले पठाएको स्पष्टीकरण पत्रमा उल्लेख छ। 

प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा शेर बहादुर देउवालाई समर्थन गरेको भन्दै अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवलाई स्पष्टीकरण सोधेका हुन्। सर्वोच्च अदालतमा विपक्षी गठबन्धनको रिटमा हस्ताक्षर गरेको विषयमा पनि प्रष्ट पार्न यादवलाई भनिएको छ। 

पार्टी एकता विरोधी गुटगत गतिविधि सञ्चालन गरेको र आफूलाई जानकारी नै नदिई पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट लुम्बिनी ४ जना प्रदेशसभा सदस्यलाई निष्काशन गरेको विषयमा स्पष्टीकरण सोधिएको छ। 

केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट पार्टी हित विपरित निर्णय गरेको नागरिकता सम्बन्धी समस्याको समाधान गर्ने उद्देश्यले गठित कार्यदलका सदस्य लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्लामाथि अनुशासनको कारबाही प्रक्रिया अगाडि बढाएको विषयमा पनि स्पष्टीकरण सोधिएको छ। 

corrent noodles
Metro Mart

No description available.

No description available.

प्रकाशित: May 25, 2021| 17:22 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।