काठमाडौं- विश्वकप छनोटका तीन खेल र इराकसँगको एक मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम इराकतर्फ प्रस्थान गरेको छ। कतार एयरवेजमार्फत् मंगलबार राति १० बजे नेपाली टिम दोहा जानका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुगसकेको छ। दोहाबाट नेपाली टिम इराक जाने छ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छानेका २३ खेलाडी विश्वकप छनोटका खेल खेल्नका इराक प्रस्थान गरेका हुन्। नेपाली टिम र १२ अफिसियलसहित ३५ जनाको टोली रहेको राष्ट्रिय टिमका व्यवस्थापक मधुसुधन उपाध्यायले बताए।
नेपालले इराकसँग मे २९ मा मैत्रीपूर्ण खेल खेल्नेछ। त्यस्तै, विश्वकप छनोटको समूह चरणको खेलमा चाइनिज ताइपेईसँग जुन ३ मा, जोर्डसनसँग जुन ७ मा र अस्ट्रेलियासँग जुन ११ मा खेल्नेछ।
नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छन् ।
यी हुन् नेपाली टिममा परेका खेलाडी:
गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास
मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा