बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना निवारणको कामना गर्दै लुम्बिनीमा २५६५ दीप प्रज्वलनको तयारी 

कोरोना निवारणको कामना गर्दै लुम्बिनीमा २५६५ दीप प्रज्वलनको तयारी 

बुधबार (भोलि) परेको २५६५औं बुद्धजयन्तीमा कोरोना निवारणको कामना गर्दै २५६५ वटै दीप प्रज्वलन गरिने भएको छ। कोरोना महामारीका कारण दीप प्रज्वलनसहित सामान्य रूपमा मनाउने तयारी गरिएको लुम्बिनी क्षेत्र विकास कोषका सदस्य-सचिव सानुराजा शाक्यले जानकारी दिए।
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

बुटवल- बुधबार (भोलि) परेको २५६५औं बुद्धजयन्तीमा कोरोना निवारणको कामना गर्दै २५६५ वटै दीप प्रज्वलन गरिने भएको छ। कोरोना महामारीका कारण दीप प्रज्वलनसहित सामान्य रूपमा मनाउने तयारी गरिएको लुम्बिनी क्षेत्र विकास कोषका सदस्य-सचिव सानुराजा शाक्यले जानकारी दिए।

triton college

यस वर्ष दीप प्रज्वलनका साथै परित्राण पाठ मात्र गरिने लुम्बिनी विकास कोषले जनाएको छ। गत वर्ष पनि कोरोना महामारीकै कारण बुद्धजयन्ति पूजापाठमा मात्र सीमित भएको थियो। विगतका बुद्धजयन्तिमा राष्ट्रप्रमुख, विदेशी कुटनीतिज्ञहरुको सहभागितामा अन्तराष्ट्रिय स्तरको औपचारिक कार्यक्रम हुने गरेको थियो। 

सदस्यसचिव शाक्यका अनुसार बुद्धजयन्तीको दिन बिहान सबै गुम्बा, विहारको प्रतिनिधित्व हुने गरी मायादेवी मन्दिर परिसरमा राष्ट्रपती विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश वाचन गरिनेछ। त्यसपछि पूजापाठ गर्ने, परित्राण पाठ गर्ने र साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको सम्झना र महामारी नियन्त्रणको कामना गर्दै दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको शाक्यले जानकारी दिए। 

‘कोरोना संक्रमणबाट मृत्यु भएकाको निर्वाण प्राप्ति होस् भनेर २५६५ वटा दीप प्रज्वलन गर्नेछौं। संक्रमितको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पूजापाठ हुनेछ,’ शाक्यले भने। 

बुद्ध धर्ममा वैशाख पुर्णिमालाई महत्त्वका साथ लिने गरिन्छ। वैशाख पुर्णिमा सिद्धार्थ गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र ८० वर्षको उमेरमा महापरीनिर्वाण भएको थियो। 

corrent noodles
Metro Mart

नेपालसहितत भुटान, थाइल्यान्ड, म्यानमार, मंगोलिया, कम्बोडिया, श्रीलंका, लाओस , कोरिया, जापान, चीनलगायतका देशमा बुद्धजयन्ति मनाउने गरिएको छ। 

गौतम बुद्धको जन्म २५६५ वर्षअघि हालको लुम्बिनी जन्म भएको थियो। बुद्ध जन्मिएको प्रमाणका रूपमा मौर्य सम्राट अशोकले आध्यात्मिक गुरु उपगुप्तको मार्गदर्शनमा ईसा पूर्व २४९ मा लुम्बिनीको भ्रमण गरी “हिद बुधे जाते शाक्यमुनिति” अर्थात् यहाँ शाक्यमुनि बुद्ध जन्मिनु भएको थियो भन्ने शिलालेख खडा गरेका थिए। जसलाई अशोक स्तम्भ भनिन्छ। उक्त स्तम्भ मायादेवी मन्दिरको पश्चिमपट्टि छ। स्तम्भमा सन् १३१२ मा कर्णालीका राजा रिपु मल्लले लुम्बिनीको भ्रमण गरी आफ्नो यात्राको स्मरण गराउन 'ओम् मणि पद्मे हुम रिपु मल्ल चिरं जयतु' लेखेका छन्। 

बुद्ध जन्मने बित्तिकै ७ पाइला हिँडेको बौद्ध धर्मका ग्रन्थमा उल्लेख छ। उनी हिँडेको भनी मायादेवी मन्दिर परिसरमा जन्मस्मारक शिलामा उल्लेख छ। सन् १९९६ मा उक्त शिला पत्ता लागेको थियो। 

नेपालमा वि.सं २००८ देखि बुद्धजयन्तिका दिन सार्वजनिक बिदा दिन थालिएको छ।

प्रकाशित: May 25, 2021| 15:03 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।