बुधबार, वैशाख ५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • रातिराति खचाखच यात्रु राखेर बस चलाउन पाइने कस्तो निषेध आदेश?

रातिराति खचाखच यात्रु राखेर बस चलाउन पाइने कस्तो निषेध आदेश?

ट्राफिक प्रहरी प्रवक्ता श्यामकृष्ण अधिकारी साँझको समयमा एकदुई वटा बस राजधानीबाट बाहिरिएको बताउँछन्। ‘एक दुई वटा बस साँझ ७, ८ बजेको समयमा राजधानीबाट बाहिर गएको जानकारीमा आएको छ’, उनी भन्छन्, ‘रोक्न प्रयास गरिरहेका छौं।’ 
 |  मंगलबार, जेठ ११, २०७८

प्रेम चन्द

प्रेम चन्द

मंगलबार, जेठ ११, २०७८

काठमाडौं- सोमबार राति १० बजे कलंकीबाट खचाखच यात्रु लिएर भाडाका बस थानकोटतिर हुइँकिरहेका थिए। अधिकांश बसमा सिट भरिएका थिए भने केहीमा दुई चार जना उभिएका पनि देखिन्थे। स्वास्थ्य मापदण्ड अपनाएको पनि देखिएन। केहीले स्यानिटाइजर बाेके पनि अधिकांशले मास्क राम्ररी लगाएका थिएनन्। 

triton college

सामान्य अवस्थाको जस्तै प्रत्येक सिटमा यात्रु बसिरहेका थिए। राजधानी प्रवेश गरिरहेका बसमा भने यात्रु थिएनन्। काठमाडौंबाट पश्चिमतर्फ जानलाई केही यात्रु बस कुुरिरहेका भेटिए। कञ्चनपुरको महेन्द्रनगर जान कलंकीमा बस कुरिरहेका रहेछन् विद्यार्थी कृष्ण कडायत। आफन्तले बस जान लागेको जानकारी गराएपछि घर जान लागेको उनले बताए।

उनले भने, ‘निषेध आदेशमा काठमाडौं बसेर काम नभएकाले गाउँ फर्किन लागेको हुँ।’ उनले बस दिनदिनै गइरहेका जानकारी दिए। गाउँ फर्केपछि छुट्टै क्वारेन्टाइन बस्ने योजना उनको छ। तर, स्थानीय तहले क्वारेन्टाइन बनाएको नबनाएको जानकारी उनलाई छैन।स्थानीय तहले छुट्टै क्वारेन्टाइन नबनाउँदा काठमाडौंबाट फर्केका मानिसबाट कोभिड १९ सर्ने सम्भावना झन् हुन्छ। त्यस्तोमा यात्रु आवतजावत रोक्नु नै कोभिड १९ नियन्त्रणको विकल्प हुन सक्ने भाइरोलोजिस्टहरु बताउँछन्। 

यातायात सञ्चालनबारे काठमाडाैंका सीडीओले जारी गरेकाे आदेशमा यस्ताे छ-

corrent noodles
Metro Mart

विज्ञहरुले संघीय सरकारका एकाइ र स्थानीय सरकारबीच समन्वय गरेर निश्चित सर्तमा मात्रै यात्रा अनुमति दिनुपर्ने सुझाव दिँदै आएका छन्। कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि सरकारले गत १६ वैशाखदेखि काठमाडौं उपत्यकासहितका देशका ७४ जिल्लामा निषेध आदेश जारी गरेको छ। काठमाडौं उपत्यकाबाट बाहिरिन चाहनेलाई समय दिएरै १२ वैशाखमा घोषणा गरेको निषेध आदेश १६ वैशाखदेखि कार्यान्वयनमा आएको थियो। निषेध आदेश जेठ २० गतेसम्म थपिएको छ।

निषेध आदेश अवधिमा औषधिलगायत मेडिकलजन्य सामग्री, दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सामान ओसारपसार गर्ने सवारीसाधन मात्रै चल्न दिइने भनिएको थियो। यसबारे उपत्यकाका जिल्ला प्रशासनले कडाइ गरिरहेको जनाएका छन्। काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले अब निषेध आदेशमा थप कडाइ गरिने बताइन्। 

निषेध आदेशका बेला राजधानीकाे गुडिरहेका मालवहाक सवारीसाधन। तस्बिर : दिनेश श्रेष्ठ

निषेध आदेशको कार्यान्वयन राम्ररी हुन सकेको भए सार्वजनिक यातायातले यात्रु बोक्न पाउँदैनन्।  काठमाडौंबाट भने एकपछि अर्को बस बाहिइरहेका छन्। यसबारे ट्राफिक प्रहरी पनि जानकार नरहेको होइन। ट्राफिक प्रहरी प्रवक्ता श्यामकृष्ण अधिकारी साँझको समयमा एकदुई वटा बस राजधानीबाट बाहिरिएको बताउँछन्। ‘एक दुई वटा बस साँझ ७, ८ बजेको समयमा राजधानीबाट बाहिर गएको जानकारीमा आएको छ’, उनी भन्छन्, ‘रोक्न प्रयास गरिरहेका छौं।’ 

आवतजावतका विषयमा काठमाडौं जिल्ला प्रशासन र स्थानीय तहसँग समन्वयका बारेमा आफूलाई केही जानकारी नभएको उनको भनाइ छ।  काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले सार्वजनिक बसले यात्रु बोकिरहेको विषयमा बुझेर आवश्यक कदम चाल्ने बताइन्। ‘राति यात्रु बोकेको हाम्रो जानकारीमा छैन’, उनले भनिन्, ‘बुझेर आवश्यक पहलका विषयमा छलफल गर्छौं।’ 

कोभिड १९ नियन्त्रणका लागि यातायातका साधन सञ्चालनमा रोक लगाउनुपर्ने जानकारहरु बताउँछन्। सुरेश भट्टराई ट्विटरमा लेख्छन्, ‘काठमाडौं उपत्यकाका सीडीओ साहेबहरु साँच्चिकै उपत्यकाबाट संक्रमित घटाउनु चाहनुहुन्छ भने तरकारी पसल होइन नाइट बस रोक्नुस्।’ उनको प्रश्न छ, ‘छ क्षमता? रातभरि मान्छे आउने जाने गर्छन् सडकछेउ घर भएकालाई सोध्नुस्।’

प्रकाशित: May 25, 2021| 15:13 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।