शनिबार, वैशाख ८, २०८१

आइसियू र भेन्टिलेटरमा १ हजार ६७२ संक्रमित उपचाररत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार मंगलबार आइसियूमा १ हजार ६७२ कोरोना संक्रमित गम्भीर अवस्थामा उपचाररत छन्। यीमध्ये ४४७ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ।
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं- कोरोना संक्रमितको संख्या बढेसँगै आइसियू तथा भेन्टिलेटरमा भर्ना हुने बिरामीको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार मंगलबार आइसियूमा १ हजार ६७२ कोरोना संक्रमित गम्भीर अवस्थामा उपचाररत छन्। यीमध्ये ४४७ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ।

triton college

आइसियू र भेन्टिलेटरमा उपचाररत सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा छन्। बागमतीमा ८४९ जना संक्रमित आइसियू र २७९ जना भेन्टिलेटरमा उपचाररत छन्। 

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ मा २०१ आइसियु र ५३ जना भेन्टिलेटरमा छन् भने प्रदेश २ मा १८६ आइसियूमा रहेकोमध्ये र ३८ जना भेन्टिलेटरको सर्पोटमा उपचाररत छन्। 

गण्डकीमा १५६ जना आइसियू र ३४ जना भेन्टिलेटरमा उपचाररत छन्। लुम्बिनीमा १८० जना आइसियूमा उपचाररतमध्ये २२ जना भेन्टिलेटरमा छन्। 

त्यस्तै कर्णालीमा ५५ जना आइसियूमा र ७ जना भेन्टिलेटरमा उपचाररत छन् भने  सुदूरपश्चिममा ३६ जना आइसियूमा रहेकामध्ये  १४ जनालाई  भेन्टिलेटरको सर्पोटमा राख्नुपरेको मन्त्रालयको तथ्यांक छ। 

corrent noodles
Metro Mart

प्रकाशित: May 25, 2021| 11:50 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्