बुधबार, वैशाख १२, २०८१

'कोरोना परीक्षण गराउन खोज्यो मान्दै मान्दैनन्, आइसोलेसन सेन्टर पनि जान चाहन्नन्'

इन्द्रावति गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले स्थानीयहरूले परीक्षण गराउन नमान्ने गरेको बताए। उनले संक्रमितहरू पनि आइसोलेसन सेन्टर जान नचाहेको उल्लेख गरे।
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं- वैशाख १७ गते सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-९ मा एकैदिन चार वटा विवाह भए। विवाहमा सहभागीमध्ये चार जनामा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले विवाहमा सहभागीको ट्रेसिङ गर्‍यो। पछि ती विवाहमा सहभागी भएका २३ जनामा कोरोना संक्रमण पुष्टि भयो। 

triton college

इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले स्थानीयले परीक्षण गराउन नमान्ने गरेको बताए। उनले संक्रमितहरू पनि आइसोलेसन सेन्टर जान नचाहेको उल्लेख गरे। 'मानिसहरुलाई रुघाखोकी ज्वरो आएपछि कोरोना परीक्षण गराउन खोज्यो मान्दै मान्दैनन्। रुघाखोकी र सामान्य ज्वरो त हो नि ठिक भई हाल्छ नि भन्छन्,' तामाङले दिक्क मान्दै भने, 'दैनिकजसो प्रशासनले घरबाट बाहिर ननिस्कन आग्रह गरिरहेको हुन्छ त्यो पनि मान्दैनन्। यसले भयावह अवस्था आउला भन्ने डर हामीलाई पनि लागेको छ। तर स्थानीय जनता मान्दैनन्। के गर्नु?'

'नयाँ भेरियन्ट आक्रामक देखिएको छ, फैलावट निकै छ। त्यसैले स्वाबको रिपोर्ट नआउन्जेल शंकास्पद संक्रमित परिवार र समुदायमा घुलमिल हुनै हुँदैन।

तामाङका अनुसार गाउँपालिकाले वडा नम्बर ८ पोखरेमा १५ वेडको आइसोलेसन बनाएको छ। तर जम्मा दुई बेडमा मात्र कोभिडका बिरामी छन्। कोरोना संक्रमितहरू आइसोलेसन सेन्टर जानै चाहँदैनन्। 

'हुनत घरमा हेरचाह राम्रो हुन्छ भने आत्मबल पनि बढ्छ तर कोरोना लागेको बिरामीको कुनै ठेगान हुँदैन, कतिबेला गाह्रो पार्छ भनेर,' उनले भने, 'त्यसैले आइसोलेसन केन्द्रमा जानु उपयुक्त हो तर संक्रमितले नै नमानेपछि कसको के लाग्छ र?'

corrent noodles
Metro Mart
इन्द्रावतीमा कोरोना संक्रमणको अवस्था। 

उनका अनुसार स्थानीय तहमा स्वास्थ्यकर्मीको अभाव छ। कर्मचारी समायोजनको नाममा कर्मचारी सुगमतिर केन्द्रित छन्। गाउँपालिकाले खोजेर ल्याएको एक जना डाक्टर, एक अहेव र दुई जना नर्सले गाउँपालिका धानिरहेको उनको भनाइ छ। त्यसमाथि कोभिडका बिरामीको उपचारमा संलग्न डाक्टर र नर्सहरुमा समेत कोरोना संक्रमण भएपछि उपचार गर्न कठिन भएको छ।

000

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिले सावधानी नअपनाए संक्रमण झन् फैलने बताए। 'अहिले कोरोनाका लक्षण देखिएमा परीक्षणका लागि स्वाब दिने तर  रिपोर्ट नआएसम्म घरपरिवार वा समुदायमा घुलमिल भइरहेका छन्। यसले संक्रमण फैलन सहयोग गरिरहेको छ,' डा.मरासीनीले भने, 'नयाँ भेरियन्ट आक्रामक देखिएको छ, फैलावट निकै छ। त्यसैले स्वाबको रिपोर्ट नआउन्जेल शंकास्पद संक्रमित परिवार र समुदायमा घुलमिल हुनै हुँदैन।  उनीहरू खुलेआम घुम्दा संक्रमण फैलिन निकै सहयोग पुगेको अध्ययनले देखाएको छ।'

इन्द्रावती गाउँपालिका- ४ मा स्वाब संकलनका लागि टाेलटाेलमा खटिएका स्वास्थ्यकर्मी। तस्बिर : वंशलाल तामाङकाे फेसबुक

उनका अनुसार संक्रमण नियन्त्रण गर्न कठिन हुनुको कारण पनि सामान्य अवस्थाका संक्रमितले बाहिर डुल्ने र हेलचक्र्याँई गर्नु हो। ‘त्यसैले कोरोना संक्रमणको शंका लाग्नेबित्तिकै आइसोलेसनमा बस्नु नै सबैभन्दा उत्तम उपाय हो,' उनले भने। 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड फोकल पर्सन डा. सन्तकुमार दासले एउटै लक्षण देखिए पनि सचेत हुन आग्रह गरे। लक्षण देखिएर तत्काल अस्पताल जाने हो भने हुन सक्ने क्षतिलाई कम गरी धेरै जनाको ज्यान जोगाउन सकिने उनको भनाइ छ। 

कुनै बिरामीलाई ज्वरो मात्रै आएको छ। कुनै संक्रमितलाई खोकी मात्रै लाग्ने, टाउको दुख्ने, छाति दुख्ने जस्ता कुनै एउटा लक्षण मात्रै पनि देखिएका छन्।

'बिरामी जति ढिला अस्पताल पुग्छन्, उपचार प्रक्रिया पनि उति नै जटिल बन्दै जान्छ,' डा. दासले भने, 'अहिले संक्रमितमा एउटा मात्रै लक्षण देखिएको भएपनि त्यसले गम्भीर समस्या निम्त्याएको छ। पहिलाजस्तो एउटै संक्रमितमा धेरै लक्षण देखिएको छैन। कुनै बिरामीलाई ज्वरो मात्रै आएको छ। कुनै संक्रमितलाई खोकी मात्रै लाग्ने, टाउको दुख्ने, छाति दुख्ने जस्ता कुनै एउटा लक्षण मात्रै पनि देखिएका छन्।’

इन्द्रावतीले अद्यावधिक गरेको विवरण अनुसार जेठ १० गतेसम्ममा गाउँपालिकामा १४२ जना कोरोना संक्रमित छन्। यीमध्ये १३१ सक्रिय संक्रमित छन्। होम आइसोलेसनमा १२८ जना छन् भने आइसोलेसन सेन्टरमा तीन जना छन्। गाउँपालिकामा ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। 

प्रकाशित: May 25, 2021| 10:18 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्