शनिबार, वैशाख ८, २०८१

चर्चित् खेलाडी किन रोज्छन् जर्सी नम्बर १० ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- विश्वकप खेल्ने अधिकांश चर्चित् तथा उत्कृष्ट खेलाडीले १० नम्बर जर्सी नै लगाउने गर्छन । किन टिमको उत्कृष्ट खेलाडीलाई १० नम्बर जर्सी नै लगाउन दिइन्छ भन्ने आम चासो 
पाइन्छ । विश्वकप २०१८ मा खेल्ने ३२ वटै टिमका स्ट्राइकरले सोही नम्बरको जर्सी लगाउँछन् । सामान्यतया हरेक खेलाडीलाई उनीहरूको इच्छाअनुसारको नम्बर रोज्ने अवसर हुन्छ । दुई जना खेलाडीको रोजाइमा एउटै नम्बर पर्यो भने सिनियरलाई जर्सी दिइन्छ ।

अर्का खेलाडीले फरक नम्बर रोज्नुपर्छ । १० नम्बर जर्सी विश्वकपको शुरुदेखि नै स्ट्राइकर अथवा टिमको उत्कृष्ट खेलाडीले रोज्ने गरेका छन् । परम्परागत मान्यताअनुसार फुटबलमा ४-३-३ को ढाँचामा खेलाडी विभाजित भएका हुन्छन् । गोलकिपरभन्दा अघिल्लो रेखामा चार जना रहन्छन् भने त्यसअघिका दुई वटा रेखामा ३-३ खेलाडी हुन्छन् । यो एउटा आधारभूत मान्यता मात्र हो तर खेलाडीहरूले आफ्नो रोजाइको जर्सी लगाउने छुट छ ।
 

१. गोलकिपर
२. आरसीबी (राइट सेन्टर ब्याक)
३. एलसीबी (लेफ्ट सेन्टर ब्याक)
४. आरबी (राइट ब्याक)
५. सीडीएम (सेन्टर डिफेन्सिभ मिडफिल्ड)
६. एलबी (लेफ्ट ब्याक)
७. आरडब्लू (राइट विङ्गर)
८. एलसीएम (लेफ्ट सेन्टर मिडफिल्ड)
९. एसटी (स्ट्राइकर)
१०. आरसीएम (राइट सेन्टर मिड फिल्ड)
११. एलडब्लू (लेफ्ट विङ्गर)

बीसौं शताब्दिको शुरुवातमा इंल्यान्डमा परम्परागत खेलाडी प्रस्तुती ढाँचालाई परिवर्तन गरी २-३-५ प्रचलनमा ल्याइएको थियो । शुरुवातमा १० नम्बर जर्सी प्राय: गेम चेन्जरहरूलाई रोज्न दिने प्रचलन थियो । समयक्रमसँगै टिमको उत्कृष्ट खेलाडीलाई १० नम्बर जर्सी दिन थालिएको हो । 



यो प्रचलन पेलेको समयदेखि शुरु भएको पाइन्छ । 

पेले 

सन् १९५८, १९६२ र १९७० को विश्वकपमा ब्राजिललाई विश्वकप उपाधि दिलाउन सफल एडसन अरानटेस डो नासिमेन्टो अर्थात् पेलेको परिचय आफैंमा काफी छ। फुटबल किङको उपाधि पाएका पेले पनि १० नम्बर जर्सीमै मैदान उत्रिन्थे । ब्राजिलीहरूले विश्वको पहिलो फुटबल स्टार भनेर चिन्ने गर्छन्, उनलार्इ । पेलेले लगाएको १० नम्बर जर्सीसँगै उनले सफलता प्राप्त गर्दै गएपछि उनीसँगै जर्सी पनि चर्चित् हुँदै गयो ।

म्याराडोना

सन् १९८२ मा पहिलोपटक विश्वकप खेलेका अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोना, जसले अन्तर्राष्ट्रियस्तरका फुटबल म्याचहरूमा सर्वाधिक ३४ गोल गरेका थिए । उनको रोजाइ पनि १० नम्बर जर्सी नै थियो । उनले सन् १९८६ को विश्वकमा इंल्यान्डविरुद्धको खेलमा गरेको गोललाई शताब्दी गोलको रूपमा लिइन्छ, जसले अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएको थियो ।

जिनेदिन जिदान

जिनेदिन जिदान फ्रान्सेली फुटबलर, जसले तीन पटक वर्षको उत्कृष्ट खेलाडीको उपाधि पाएका थिए । उनी पनि १० नम्बर जर्सी लगाएर मैदान उत्रिन्थे । 
विश्वकपमा १० नम्बर जर्सी लगाउने उत्कृष्ट खेलाडीहरु

लियोनेल मेस्सी (अर्जेन्टिना)
नेयमार (ब्राजिल)
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
फ्रान्सिस्को टोटी (इटाली)
वायनी रोनी (इङ्‍ल्याण्ड)
मारियो गोमेज (जर्मनी)

फुटबलमा मात्र होइन, क्रिकेटमा पनि उत्कृष्ट खेलाडीहरूलार्इ पनि जर्सी नम्बर १० को मोह उत्तिकै देखिन्छ । उत्कृष्ट क्रिकेटर सचिन तेन्दुलकरदेखि युवा क्रिकेटर साहिद अफ्रिदी, रिकी  पोन्टिङसम्मले १० नम्बर जर्सी लगाउने गर्छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।