मंगलबार, वैशाख ११, २०८१

एम्बुलेन्समा गाँजा तस्करी, चालकसहित २ जना पक्राउ

एम्बुलेन्समा राखेर गाँजा तस्करी गरेको आरोपमा प्रहरीले चालकसहित २ जनालाई पक्राउ गरेको छ। धरान उपमहानगरपालिका-२ बाट को १ च ५५५९ नम्बरको एम्बुलेन्समा ल्याउँदै गरेको १ सय किलो अवैध लागूऔषध गाँजासहित उनीहरूलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। 
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

सुनसरी- एम्बुलेन्समा राखेर गाँजा तस्करी गरेको आरोपमा प्रहरीले चालकसहित २ जनालाई पक्राउ गरेको छ। धरान उपमहानगरपालिका-२ बाट को १ च ५५५९ नम्बरको एम्बुलेन्समा ल्याउँदै गरेको १ सय किलो अवैध लागूऔषध गाँजासहित उनीहरूलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। 

triton college

पक्राउ पर्नेहरुमा एम्बुलेन्स चालक धरान उपमहानगरपालिका-१५ का ३६ वर्षीय बलबहादुर लिम्बू र सोही उपमहानगरपालिका-११ बस्ने धनकुटा सहिदभूमि गाउँपालिका-१ घर भएका २८ वर्षीय पोषण राई छन्। 

धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने क्रममा एम्बुलेन्स पछाडिको भागमा ४ वटा झोलामा रहेको उक्त परिमाणको गाँजा फेला परेपछि प्रहरीले पक्राउ गरेको हो। 

उनीहरूविरुद्ध लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरान, सुनसरीले जनाएको छ। 

प्रकाशित: May 25, 2021| 07:40 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।