काठमाडौं - गोली प्रहारबाट गम्भीर घाइते भएका माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ।
पाँच दिनअघि गोली लागेर गम्भीर घाइते भएका पाण्डेको सोमबार राति निधन भएको हो।
अवस्था गम्भीर भएपछि हेलिकप्टरमा काठमाडौं पुर्याइएको एक घण्टामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
पाण्डे र एक भारतीय नागरिकमाथि गत बुधबार राति तीन जनाको समूहले तौलिहवा–जितपुर सडकखण्डको सडवामा गोली प्रहार गरेको थियो।