मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सुरुमा नरुचाइएका जागेश्वर प्रिय बन्दै 'नियमित काेराेना अपडेट' बाट बिदा

सुरुमा नरुचाइएका जागेश्वर प्रिय बन्दै 'नियमित काेराेना अपडेट' बाट बिदा

गौतमको स्वर सुन्नेबित्तिकै स्वास्थ्य मन्त्रालयको नियमित कोरोना अपडेट कार्यक्रम सुरु भएकाे सबैले चाल पाउँथे। संक्रमित कति थपिए, कति मुक्त भए र कतिको ज्यान गयो? सरकारी लेखाजोखाको आधिकारिक सूचनादाता थिए उनी। 
 |  सोमबार, जेठ १०, २०७८

यज्ञराज जोशी

यज्ञराज जोशी

सोमबार, जेठ १०, २०७८

काठमाडौं– नमस्कार! नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ सम्बन्धी प्रेस ब्रिफिङमा यहाँहरूलाई स्वागत छ। म जागेश्वर गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता कोभिड–१९ को राष्ट्रिय अद्यावधिक विवरणका साथ उपस्थित भएको छु।नेपाल टेलिभिजनमा यो स्वर गुन्जिन थालेको एक वर्ष भयो।

triton college

प्रत्येक दिन अपराह्न साढे ४ बजे यो स्वर यसै गरी सुनिन्थ्यो। खुइलिएको तालु र मलीन अनुहारसँगै गुन्जिने स्वर धेरैका दिमागमा बसिसकेको छ। अझ कुनै दिन मास्क लगाउने र कुनै दिन मास्क नलगाएको अनुहार। गौतमको स्वर सुन्नेबित्तिकै स्वास्थ्य मन्त्रालयको नियमित कोरोना अपडेट कार्यक्रम सुरु भएकाे सबैले चाल पाउँथे। संक्रमित कति थपिए, कति मुक्त भए र कतिको ज्यान गयो? सरकारी लेखाजोखाको आधिकारिक सूचनादाता थिए उनी।

सामान्य मानिसले पनि दिन ढल्कँदै गएपछि आज जागेश्वर कति बेला आउने हुन् भनेर कुराकानी गरेको सुन्दा उनी धेरैका परिचित भइसकेको अनुभव हुन्थ्यो। अब मंगलबारदेखि डा. गौतमको अनुहार र स्वरलाई मन्त्रालयको कोरोडा अपडेटमा सुन्न सकिने छैन।

उनको जिम्मेवारी फेरिएको छ। सरकारले डा. गौतमलाई युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेको छ। २०७७ जेठ २५ गते गौतम मन्त्रालयको प्रवक्ता नियुक्त भएका थिए। कोरोना अपडेट मन्त्रालयको फेसबुक पेजबाट पनि लाइभ गरिन्थ्यो। लाइभमा कमेन्ट गर्दै सुरुका दिनमा उनको धेरै आलोचना भयो।

corrent noodles
Metro Mart

कसैले राम्रै प्रशंसा र उयुक्त सुझाव पनि दिए। डा. गौतमलाई न कुनै कुराले विचलित तुल्यायो न पुलकित नै।

व्यक्तिगत र शारीरिक रूपमा कसैको आलोचना गर्नु राम्रो होइन। तर, धेरैले उनको खुइलिएको तालुलाई लिएर आलोचना गरे। कसैले केही भने कसैले केही। कसैले राम्रै प्रशंसा र उयुक्त सुझाव पनि दिए। डा. गौतमलाई न कुनै कुराले विचलित तुल्यायो न पुलकित नै। देशमा कोरोना महामारी उग्र रहेको समयमा उनले प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। पराेपकार प्रसूति गृहमा प्रमुख रहेका गौतमलाई मन्त्रालयको कोभिड–१९ संयोजकको जिम्मेवारी सम्हाल्नु पक्कै पनि सहज थिएन।

२०७७ साउन २७ गते मंगलबार डा. गौतमले पत्रकार सम्मेलनका क्रममा नाक कोट्याए। कोरोना संक्रमणबाट बच्न नाक, मुख र आँखा नांगो हातले नछुन, नचलाउन दिनकै आग्रह गर्ने प्रमुख व्यक्तिले नै कोरोना अपडेटमा नाक कोट्याइएको भन्दै उनको खुब आलोचना गरियो।

नेपाल समयसँग कुरा गर्दै उनले सुरुमा मन्त्रालयको प्रेस ब्रिफिङमा फेसबुकमा आउने सबै कमेन्टलाई पढ्ने गरेको बताए। तर उनले त्यहाँ आफूलाई गरेका गाली मात्र देखेनन्। सुझाव पनि देखे। गालीमा उनको आँखा गएन। सुझावलाई उनले दिमागमा टिप्न थाले। जनअपेक्षा बुझ्न थाले।

कोरोनाका बारेमा थुप्रै अध्ययनअनुसन्धान गरे। थुप्रै विज्ञ डाक्टरसँग परामर्श लिन थाले। र, एक वर्ष अवधिमा उनले कोरोना भाइरसबारे धेरैभन्दा धेरै सूचना संग्रह गरे।  यस अवधिमा उनी केही घटनाक्रमले चर्चासमेत रहे। २०७७ साउन २७ गते मंगलबार डा. गौतमले पत्रकार सम्मेलनका क्रममा नाक कोट्याए। कोरोना संक्रमणबाट बच्न नाक, मुख र आँखा नांगो हातले नछुन, नचलाउन दिनकै आग्रह गर्ने प्रमुख व्यक्तिले नै कोरोना अपडेटमा नाक कोट्याइएको भन्दै उनको खुब आलोचना गरियो। 

पत्रकार सम्मेलनमा त्यो दृश्य अभद्र लाग्नु स्वभाविकै हो। तर, त्यसलाई चाहिने भन्दा बढी नै उडाइएको थियो। चिलाएको छालालाई शरीरले थाम्न नसकेको मर्म नबुझेको तर्कसमेत केही व्यक्तिले दिएका थिए। हामारी बढ्दै गर्दा उनको सक्रियता सबैलाई मन पर्‍यो। डा. गौतमलाई नबुझेकाहरू बिस्तारै बुझ्न थाले। उनको कडा बोलीलाई पछि सबैले रुचाउन थाले। फर्केर हेर्दा डा. गौतम आफ्नो एकवर्षे कार्यकाल एकदमै राम्रो रहेको बताउँछन्।

सरकारले मलाई जुन विश्वासका साथ मन्त्रालयको प्रवक्ता तथा प्रमुख सूचना अधिकारीमा नियुक्त गरेको थियो मैले आफ्नो जिम्मेवारी सधैं जिम्मेवारीपूर्वक निर्वाह गरेँ।

‘म एकदमै अप्ठ्यारो परिस्थितिमा आएको व्यक्ति हुँ। सरकारले मलाई जुन विश्वासका साथ मन्त्रालयको प्रवक्ता तथा प्रमुख सूचना अधिकारीमा नियुक्त गरेको थियो मैले आफ्नो जिम्मेवारी सधैं जिम्मेवारीपूर्वक निर्वाह गरें, उनले भने, ‘मैले सधैं सीधा र सत्य बोलें। मलाई कसैले मन पराए, कसैले पराएनन्। त्यो उनीहरूको कुरा हो।’

डा. गौतमले आफूले सधैं ‘हन्ड्रेड प्रसेन्ट इफोर्ट’ दिएर काम गरेको बताए। अप्ठ्यारो परिस्थितिमा जिम्मेवारी लिए पनि आफ्नो एकवर्षे कार्यकाल सफल पार्न टिमका साथीहरूको ठूलो सहयोग गरेको उनी बताउँछन्।  डा. गौतम कर्म नै सबैभन्दा ठूलो रहने बताउँछन्। मानिसको आलोचनाभन्दा कर्मले व्यक्तित्व निर्धारण गर्ने उनको भनाइ छ।

कोरोना महामारीमा देशका विभिन्न मन्त्रालयदेखि पालिकासम्म  समन्वय गरेको उनको भनाइ छ। अहिले सरकारले विश्वास गरेर नै ठूलो जिम्मेवारीका साथ कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीरमा सरुवा गरेको उनको विश्वास छ। राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ६ गते बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ जारी गरेसँगै सरकारले वीरलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको हो।

कोरोनालाई राम्ररी बुझेका र मन्त्रालयका प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका गौतमले यो कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने विश्वासका साथ जिम्मेवारी दिइएको हो।

केन्द्रीय अस्पताल प्रमुख प्रशासकीय अधिकारीका रुपमा निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा स्वास्थ्य सेवाको कम्तीमा ११औं तहका अधिकृत वा वरिष्ठ चिकित्सकलाई खटाइने अध्यादेशमा उल्लेख छ। मन्त्रालय स्रोतका अनुसार कोरोनालाई राम्ररी बुझेका र मन्त्रालयका प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका गौतमले यो कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने विश्वासका साथ जिम्मेवारी दिइएको हो।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालले कोभिड–१९ स्क्रिनिङ क्लिनिक, फिभर क्लिनिक तथा परामर्श सेवा सञ्चालन गर्नेछ। डा. गौतमले यी सबै सेवा प्रभावकारी रूपमा सञ्चालन गरिने बताएका छन्। उनले भने, ‘मन्त्रालयले विश्वास गरेर मलाई थप जिम्मेवारी दिएको छ। त्यहाँ संक्रमितको उपचारका व्यवस्थापन (अक्सिजन, आइसोलेसन, हार्ड डिपेन्डेन्सी युनिट (एचडीयू) र सघन उपचार कक्ष (आईसीयू) हुनेछन्।’

डा. गौतमले केन्द्रीय अस्पतालले प्रदेश सरकारसँग समन्वय गरेर प्रदेशस्थित संघ वा प्रादेशिक अस्पताललाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालका रुपमा तोक्न सक्ने अधिकारसमेत पाउनेछन्।

यस्तै टेलिमेडिसिन, कल सेन्टर, होम आइसोलेसन फलोअप, एम्बुलेन्स, आकस्मिक सेवासमेत सञ्चालन हुनेछ। गौतमले आफूले जिम्मेवारी सम्हालेपछि कति बेड थप्न सकिन्छ र अन्य के–के पूर्वाधार विकास गर्न सकिन्छ भन्ने बारेमा अध्ययन गरेर कार्य अगाडि बढाइने बताए।

युनिफाइड अस्पतालले शय्या खाली भएका स्वास्थ्य संस्थामा संक्रमितको भर्नाका लागि आवश्यक समन्वय गर्नेछ। जुनसुकै स्वास्थ्य संस्थालाई कोभीड–१९ अस्पतालका रूपमा सञ्चालन गर्न आदेश दिन सक्नेछ। डा. गौतमले केन्द्रीय अस्पतालले प्रदेश सरकारसँग समन्वय गरेर प्रदेशस्थित संघ वा प्रादेशिक अस्पताललाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालका रुपमा तोक्न सक्ने अधिकारसमेत पाउनेछन्। यो अधिकारले आफूलाई देशभर समन्वय गर्न र कोरोना महामारी नियन्त्रण गर्न सहज हुने गौतमले बताए।

प्रकाशित: May 24, 2021| 16:42 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।