मंगलबार, वैशाख ११, २०८१

गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट बनाउन पत्रकार महासंघ जिल्ला शाखाको ६० लाख सहयोग

सोमबार गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेय र मेडिकल सुपरिटेन्डेन्ट डा उत्तम पाच्यालाई पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले ६० लाख रुपैयाँको चेक प्रदान गरे। अक्सिजन प्लान्टका लागि जिल्ला समन्वय समिति गुल्मीले १० लाख रुपैयाँ सहयोग गरेको छ।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

गुल्मी- गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि नेपाल पत्रकार महासंघ गुल्मी शाखाले ६० लाख रुपैयाँ हस्तान्तरण गरेको छ। अक्सिजन अभाव भएर कोरोना संक्रमितले सास्ती पाएको र केहीले ज्यानै समेत गुमाएपछि महासंघ गुल्मीले सहयोग संकलन गरी हस्तान्तरण गरेको हो। महासंघ गुल्मीले वैशाख २५ गतेदेखि अक्सिजन प्लान्ट निर्माणका लागि सहयोग संकलन सुरु गरेको थियो। 

triton college

सोमबार गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेय र मेडिकल सुपरिटेन्डेन्ट डा उत्तम पाच्यालाई पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले ६० लाख रुपैयाँको चेक प्रदान गरे। अक्सिजन प्लान्टका लागि जिल्ला समन्वय समिति गुल्मीले १० लाख रुपैयाँ सहयोग गरेको छ।

पत्रकार महासंघ गुल्मीले अक्सिजन प्लान्टका लागि सहयोग गरकोप्रति धन्यवाद दिँदै छिट्टै प्लान्ट सञ्चालन हुने अस्पतालका प्रमुख डा. पाच्याले बताए। अक्सिजन सिलिन्डर अभाव पूरा गर्न सुरु गरेको अभियान अक्सिजन प्लान्ट स्थापना गर्ने अवस्थासम्म आइपुगेको नेपाल पत्रकार महासंघका अध्यक्ष अर्यालले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले नेपाल पत्रकार महासंघले चलाएको अभियानले जिल्लामै अक्सिजन प्लान्ट स्थापना गर्न सहज भएको बताइन्। अक्सिजन सिलिन्डर भर्ने काममा महासंघले अहिले पनि सहजीकरण गरिरहेको छ। 

प्रकाशित: May 24, 2021| 14:15 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्