बिहीबार, वैशाख १३, २०८१

कुटपिट गरी हत्या गरेको आरोपमा ४ जना पक्राउ

पक्राउ पर्नेमा सप्तरीको रुपनी गाउँपालिका-१ रायपुरका ३० वर्षीय विनय यादव, ३० वर्षीय मनोज कुमार यादव, २४ वर्षीय मुकेश कुमार यादव र वडा नम्बर ५ का ३१ वर्षीय महेश कुमार पासवान छन्।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

जनकपुरधाम- सप्तरीमा ५० वर्षीय रामदल यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्। रुपनी गाउँपालिका-१ का यादवलाई चारै जनाले मिलेर कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

triton college

पक्राउ पर्नेमा सप्तरीको रुपनी गाउँपालिका-१ रायपुरका ३० वर्षीय विनय यादव, ३० वर्षीय मनोज कुमार यादव, २४ वर्षीय मुकेश कुमार यादव र वडा नम्बर ५ का ३१ वर्षीय महेश कुमार पासवान छन्।

चारै जनाले रामदललाई भुईंमा लछारपछार गरी खुकरीले टाउकोमा प्रहार गरी गम्भिर घाइते बनाएका थिए। उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा रामदलको सोमबार मृत्यु भएको थियो।

रामदलको मृत्युपश्चात् पक्राउ परेका चारै जना माथि जिल्ला प्रहरी कार्यालय सप्तरीमा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको प्रवक्ता काफ्लेले जानकारी दिए।

प्रकाशित: May 24, 2021| 13:05 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।