बिहीबार, वैशाख ६, २०८१

डोमा भन्छिन् : शाहसिक कार्य र पत्रकारिता मै रमाउँछु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सञ्चारकर्मी डोमा शेर्पाले सगरमाथा आरोहणका क्रममा भोगेका रमाइला क्षण र समस्या पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकी छन् ।

हिमाली भेगबाट पत्रकारितामा क्रियाशिल आफू सगरमाथा आरोहण गर्ने पहिलो सञ्चारकर्मी भएको बताउँदै डोमाले आगामी दिनमा पनि शाहसिक कार्यका साथै पर्यटन पत्रकारितामा क्रियाशिल हुने बताइन् ।

सगरमाथा आरोहणका लागि हौसला प्रदान गर्ने र यात्राका क्रममा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै उनले आफूले पाएको सहयोगलाई सम्मान गर्दै हिमाली क्षेत्रमा बसोबास गर्नेहरुको सहयोगका लागि दृढ भएर लाग्ने बताइन ।

कार्यक्रममा पत्रकार महासंघका पूर्वसभापति डा सुरेश आचार्यले डोमा एक साहसिक पत्रकार भएको उल्लेख गर्दै एक साहसिक सगरमाथा आरोहणको प्रशंसासमेत गरे ।

उनले आफूलाई सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मानपत्र र खादासहित सम्मान गरेकी छन् । कार्यक्रमको समापनका क्रममा आदिवासी जनजाती युवा महासंघले डोमालाई दोसल्ला ओडाई सम्मान गरेको थियो । उनी महासंघकी उपाध्यक्ष हुन् ।

डोमा गत जेठ ८ गते सगरमाथाको चुचुरोमा पुग्न सफल भएकी थिइन ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।