बिहीबार, वैशाख १३, २०८१

रोकिएका परीक्षा तत्काल सञ्चालन गर्न अनेरास्ववियुको माग 

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विश्वविद्यालय र विद्यालय तहका रोकिएका परीक्षा तत्कालन सञ्चालन गर्न सरकारसँग माग गरेको छ।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं– एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विश्वविद्यालय र विद्यालय तहका रोकिएका परीक्षा तत्कालन सञ्चालन गर्न सरकारसँग माग गरेको छ। संगठनले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई सोमबार १३ बुँदे ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो।

triton college

अनेरास्ववियुले रोकिएको एसईई, कक्षा १२ र विगत तीन वर्षदेखि स्थगित विश्वविद्यालयको परीक्षा वैकल्पिक विधिबाट भए पनि सञ्चालन गर्न मन्त्रालयको ध्यानाकर्षण गराएको छ। संगठनका अध्यक्ष ऐन महरले परीक्षाबारे सरकारले तत्काल निणर्य गर्नुपर्ने र विद्यार्थीलाई अन्योलमा राख्न नहुने बताए। उनले भने, ‘भौतिक रुपमा परीक्षा सञ्चालन गर्न नसकिए वैकल्पिक विधिबाट भए पनि परीक्षा सञ्चालन गर्नुपर्छ।’  

ज्ञापनपत्रमा कक्षा ८ को परीक्षा वैकल्पिक विधिबाट तत्काल सम्पन्न गरी असार १ गतेदेखि नयाँ शैक्षिकसत्र सुरु गर्न, सम्पूर्ण विद्यार्थीको पहुँच पुग्ने गरी अनलाइन माध्यमबाट नियमित पठनपाठनको सुनिश्चितता गर्न, विद्यालयमा भौतिक रूपमा उपस्थित भई पठनपाठन हुने अवस्था सिर्जना नहुन्जेलसम्मको अवधिको शिक्षण शुल्क मिनाहा गर्न माग गरिएकाे छ।

यस्तै संगठनले एक परिवार एक कम्प्युटरको निःशुल्क व्यवस्था गर्नुपर्ने, कोरोना विशेष छात्रवृत्ति कोष निर्माण गरी सोहीमार्फत विद्यार्थीको अध्ययनमा सहजता र निरन्तरताको सुनिश्चितता प्रदान गर्नुपर्ने लगायतका माग राखेकाे छ। 

प्रकाशित: May 24, 2021| 11:35 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्