शनिबार, वैशाख ८, २०८१

कामनपाले ५० हजारको एन्टिजेन परीक्षण गर्ने  

काठमाडौं महानगरपालिकाले ५ दिनमा ५० हजार जनाको एन्टिजेन परीक्षण गर्ने भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा महानगरले जेठ १४ गतेदेखि परीक्षण गर्ने बताएको छ।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं महानगरपालिकाले ५ दिनमा ५० हजार जनाको एन्टिजेन परीक्षण गर्ने भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा महानगरले जेठ १४ गतेदेखि परीक्षण गर्ने बताएको छ।

triton college

हरेक दिन १० वडा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना संकलन गरिने र ५ दिनभित्रमा सबै वडाका जोखिमपूर्ण ठाउँहरुमा परीक्षण गरिसकिने महानगरले जानकारी दिएको छ। काठमाडौं महानगरका जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले समुदायमा संक्रमणको अनुसन्धान तथा शंकास्पद संक्रमणको अवस्था थाहा पाउन परीक्षण गर्ने योजना बनाइएको बताए।

नयाँ भेरियन्टको कोभिड–१९ को संक्रमणबाट मानिसहरु थला पर्न थालेपछि महानगरले कन्ट्याक्ट टे«सिङ टुटाउने  प्रयास गरिरहेको छ। संक्रमण न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि वैशाख १४ गतेको कार्यपालिकाको निर्णय र वैशाख २३ गते स्वास्थ्य विज्ञहरुसँगको बैठकले गरेका निर्णयका आधारमा वृहत एन्टिजेन परीक्षण गरिने भएको हो। 

एन्टिजेन परीक्षणबाट पोजेटिभ देखिएका विरामीलाई थप परीक्षण र आइसोलेसनका माध्यमबाट समुदायबाट छुट््याउँदै अलग व्यवस्थापन गर्ने महहानगरको योजना छ। परीक्षणका लागि वडामा भएका केस इन्भेस्टिगेसन एण्ड कन्ट््याक्ट टे«सिङ (सीआइसीटी) समूहलाई सक्रिय बनाइने भएको छ। महानगरका कोभिड १९ फोकल पर्सन ज्ञानबहादुर ओलीले आवश्यकताका आधारमा थप जनशक्ति परिचालन गरेर पनि कार्यक्रम गरिने जानकारी दिएका छन्।

लक्षण देखिएका, कन्ट््याक्ट ट्रेसिङमा परेका, अग्रपंक्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र  जोखिममा रहेका सवैलाई लक्षित वर्ग मानेर परीक्षण गर्न लागिएको हो । महानगरको योजना अनुसार ठूला १५ वडामा प्रति वडा २ वटा केन्द्र १७ वटा साना वडामा १–१ वटा केन्द्र राखेर एन्टिजेन परीक्षण गरिने छ। परीक्षणका लागि खटिने जनशक्तिको टोलीले १ दिनमा २  ठाउँमा परीक्षण गर्नेछ । 

corrent noodles
Metro Mart

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा संकलित नमूना जाँच हुने महागरपालिकाले जानकारी दिएको छ।
परीक्षणका लागि आवश्यक पर्ने एन्टिजेनका लागि जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य हुनेछ। यसअघि कालीमाटी तरकारी तथा फलफूल बजार र टुकुचा तरकारी बजारमा गरी २ ठाउँमा यस प्रकारको परीक्षण भएको थियो।

प्रकाशित: May 24, 2021| 10:38 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।