काठमाडौं - अग्रज साहित्यकार डा. बानिरा गिरीको निधन भएको छ। कवि एवं लेखिका गिरीको ७५ वर्षको उमेरमा आइतबार राति १० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। गिरीको हृदयाघातका कारण निधन भएको बताइएको छ।
पारिवारिक स्रोतका अनुसार २० दिनअघि उनलाई कोरोना पनि देखिएको थियो। हृदयाघातपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा लगे पनि चिकित्सकले मृत घोषित गरेका थिए। उनी अल्जाइमर्स पीडित थिइन्।
डा. गिरीलाई विद्यावारिधि गर्ने पहिलो नेपाली महिलाका रूपमा चिनिन्छ। उनकाे विभिन्न कविता संग्रह, उपन्यास, निबन्धलगायत प्रकाशित छन्।