बिहीबार, वैशाख १३, २०८१

सुदूरपश्चिममा संक्रमणमुक्त हुनेको संख्या बढ्दै

सुदूरपश्चिम प्रदेशमा केही दिन यता कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

धनगढी - सुदूरपश्चिम प्रदेशमा केही दिन यता कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ।

triton college

आइतबार प्रदेशमा ६०२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। योसँगै कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या २३ हजार ३६० पुगेको छ। 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ८ गते ४२१ जना, ७ गते ५९६ जना, ६ गते ३३५ जना, ५ गते ३९८ जना, ४ गते २३४ जना, ३ गते ३२९ जना, २ गते २१७ जना, १ गते १४९ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका थिए।

प्रदेशमा चैत २७ गते उता कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या न्यून थियो। सो अवधिमा दुई अंकमा दैनिक कोरोना संक्रमित निको हुने गरेका थिए।

२.३४ प्रतिशतको मात्रै सरकारी अस्पतालमा उपचार

corrent noodles
Metro Mart

कोभिड-१९ का कुल संक्रिय संक्रमितमध्ये २.३४ प्रतिशतको मात्र प्रदेशका विभिन्न सरकारी अस्पतालमा उपचार भइरहेको छ।

अस्पतालमा उपचाररतमध्ये १४.७४ प्रतिशको आईसीयू र ३.९५ प्रतिशतको भेन्टिलेटरमा उपचार भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेशमा ३१.२० प्रतिशत संक्रिय संक्रमित छन्।

आइतबारसम्म प्रदेशमा ११ हजार ८७७ सक्रिय संक्रमितमध्ये २७८ जना अस्पतालमा उपचाररत छन्।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालमा ८२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

सोमध्ये १२ जनाको आईसीयूमा उपचार भइरहेको छ। महाकाली अस्पतालमा ६९ जनाको उपचार भइरहेको छ।

सोमध्ये ६ जनाको आईसीयूमा उपचार भइरहेको छ। टीकापुर अस्पतालमा २८ जनाको उपचार भइरहेको छ। सोमध्ये दुईजनाको भेन्टिलेटर र तीनजनाको आईसीयूमा उपचार भइरहेको छ।

डडेल्धुरा अस्पतालमा सबैभन्दा बढी आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ। सो अस्पतालमा आठजनाको भेन्टिलेटर, १९ जनाको आईसीयू र पाँच जनाको कोभिड वार्डमा उपचार भइरहेको छ। 

जिल्ला अस्पताल दार्चुलामा आठ जनाको उपचार भइरहेको छ। सोमध्ये एक जना भेन्टिलेटरमा छन्।

जिल्ला अस्पताल बैतडीमा ९ जनाको उपचार भइरहेको छ। जिल्ला अस्पताल बझाङमा १४ जनाको उपचार भइरहेको छ। सोमध्ये एक जनाको आईसीयूमा उपचार भइरहेको छ। 

जिल्ला अस्पताल अछाममा तीनजना, जिल्ला अस्पताल डोटीमा १४ जना, जिल्ला अस्पताल बाजुरामा ६ जना, बयलपाटा अस्पतालमा १३ जनाको उपचार भइरहेको छ ।

तीन अस्पतालमध्ये महाकाली अस्पतालमा १० जना, टीकापुर अस्पतालमा १६ जना, जिल्ला अस्पताल दार्चुला र जिल्ला अस्पताल अछाममा एक/एक जना, जिल्ला अस्पताल डोटीमा तीन जना कोभिड-१९ शंकास्पदको उपचार भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रकाशित: May 24, 2021| 03:46 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।