बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • केन्द्रीय सदस्य हजार नाघ्‍ने भएपछि एकीकरण कार्यदल तनावमा

केन्द्रीय सदस्य हजार नाघ्‍ने भएपछि एकीकरण कार्यदल तनावमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेकपाका जनवर्गीय संगठन एकीकरणका लागि केन्द्रीय सदस्यहरूको ठूलो संख्या टाउको दुःखाइको विषय बनेको छ ।

खासगरी, तत्कालीन माओवादीका जनवर्गीय संगठनको ठूलो संंख्या देखेर एकीकरण कार्यदल तनावमा परेको एक सदस्यले जानकारी दिए । पूर्वमाओवादीका अधिकांश जनवर्गीय संगठनका केन्द्रीय समिति सदस्यको संख्या तीन अंकमा छ । अर्थात्, जनसंगठनहरूका केन्द्रीय समिति दुई सयदेखि आठ सय ५० सदस्यीयसम्म छन् । एमालेका भने अधिकांश संगठन दुई सयको आसपास मात्र छन् ।

तत्कालीन एमालेको पेशागत महासंघ नेपालको केन्द्रीय कमिटी ८६ र तत्कालीन माओवादीको पेशागत संगठन आठ सय ५० सदस्यीय छ । इन्जिनियरिङ संगठनको केन्द्रीय कमिटीको आकार बराबरी रहे पनि बाँकी सबै भातृ संगठनहरू तत्कालीन एमालेको तुलनामा माओवादीका धेरै ठूला छन् ।

नेताहरूले पार्टीका भातृ संगठनहरूको नाममा रहेका पुच्छर हटाएर एकता गर्ने बताउँदै आएका छन् । तत्कालीन माओवादीको पूर्वजनमुक्ति सेनाको संगठनलाई भूतपूर्व सैनिक-प्रहरी संगठन तथा जनयुद्ध र जनक्रान्तिका घाइते तथा अपांगता रहेकाहरूको संगठनलाई एउटै अपांग संगठनमा मिलाउने तयारी छ । तत्कालीन एमालेका २२ र माओवादी केन्द्रका २४ जनवर्गीय संगठन थिए ।

अहिले जनवर्गीय संगठन एकीकरण गर्न कार्यदल बनेका छन् । मजदूरमा विष्णु रिमाल, जयपुरी घर्ती, विनोद श्रेष्ठ र गणेश रेग्मी छन् । तत्कालीन एमालेको नेपाल ट्रेड्र युनियन महासंघ (जिफन्ट)को ५१ सदस्यीय केन्द्रीय कमिटी छ । माओवादी केन्द्रको अखिल नेपाल ट्रेड युिनयन महासंघ (अन्टुक)को एक सय ६९ सदस्यीय केन्द्रीय कमिटी छ ।

किसान संगठनमा एकीकरणका लागि वामदेव गौतम, हरिबोल गजुरेल, केशवलाल श्रेष्ठ र चित्रबहादुर श्रेष्ठको कार्यदल छ ।

तत्कालीन एमालेको अखिल नेपाल किसान महासंघमा वामदेव गौतम अध्यक्ष रहेको एक सय ७५ सदस्यीय केन्द्रीय कमिटी छ । माओवादीतर्फको अखिल नेपाल किसान महासंघ क्रान्तिकारीमा चित्रबहादुर श्रेष्ठ अध्यक्ष रहेको तीन सय ५१ सदस्यीय केन्द्रीय कमिटी छ ।

महिला संगठनको एकीकरणका लागि राधा ज्ञवाली, गोमा देवकोटा, उर्मिला अर्याल र अमृता थापामगर रहेको कार्यदल छ ।

तत्कालीन एमालेको अखिल नेपाल महिला संघमा गोमा देवकोटा अध्यक्ष रहेको एक सय ९६ सदस्यीय केन्द्रीय कमिटी छ । माओवादीको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अमृता थापामगर अध्यक्ष रहेको पाँच सय ७५ सदस्यीय छ ।

युवा संघ एकीकरणका लागि मणि थापा, महेन्द्र पाण्डे, रमेश पौडेल र रामप्रसाद सापकोटा रहेको कार्यदल छ । यसमा तत्कालीन एमालेको युवा संघ नेपालमा अध्यक्ष रमेश पौडेल नेतृत्वको दुई सय ५१ तथा माओवादीको वाईसीएल नेपालमा रामप्रसाद सापकोटा अध्यक्ष रहेको दुई सय  १३ सदस्यीय केन्द्रीय समिति छ ।
 
रविन्द्र अधिकारी, हितमान शाक्य, नवीना लामा र रञ्जित तमाङ रहेको विद्यार्थी संगठन एकीकरण कार्यदल बनेको छ । तत्कालीन एमालेको अनेरास्ववियुमा नविना लामा अध्यक्ष रहेको दुई सय सदस्यीय केन्द्रीय कमिटी छ । यसमा ४५ जना आयोग सदस्य छन् । माओवादीको अखिल क्रान्तिकारीमा रञ्जित तामाङ अध्यक्ष रहेको दुई सय ४३ सदस्यीय केन्द्रीय कमिटी छ ।

गीत–संगीत कला क्षेत्रको एकीकरण कार्यदलमा मणि थापा, खगेन्द्र राई, प्रेमनाथ अधिकारी र सरल सहयात्री छन् । तत्कालीन एमालेको राष्ट्रिय जनसांस्कृतिक महासंघमा खगेन्द्र राई अध्यक्ष रहेको ६५ सदस्यीय केन्द्रीय कमिटी छ । माओवादीको नेपाल जनसांस्कृतिक महासंघमा सरल सहयात्री अध्यक्ष रहेको एक सय ६५ सदस्यीय छ ।

यस्तै, पृथ्वीसुब्बा गुरुङ, देवप्रसाद गुरुङ, सुरेश आले मगर र गोकुल घर्ती सदस्य रहेको कार्यदलले जनजातिसम्बन्धि संगठन एकीकरण गर्ने छ ।

 
तत्कालीन माओवादीका जनवर्गीय संगठनको ठूलो संंख्या देखेर एकीकरण कार्यदल तनावमा परेको छ ।

तत्कालीन एमालेको नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा प्रदेश–४ का मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ अध्यक्ष रहेको एक सय सात सदस्यीय केन्द्रीय कमिटी र ५९ वटा घटक संगठन छन् । माओवादीको राष्ट्रिय मुक्ति मोर्चामा सुरेश आलेमगर अध्यक्ष रहेको केन्द्रीय समिति छ ।  यसमा केन्द्रीय समितिको यकिन अभिलेख कार्यदलले प्राप्त गर्न सकेको छैन ।

मातृका यादव, रघुवीर महासेठ, जगदिश कुसियत र रामकुमार शर्मा रहेको कार्यदलले मधेशी संगठनको एकीकरण गर्ने भएको छ । तत्कालीन एमालेको लोकतान्त्रिक मधेशी संगठनमा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ अध्यक्ष रहेको आठ सय ५१ सदस्यीय केन्द्रीय कमिटी छ । र, माओवादीको मधेशी राष्ट्रिय मुक्तिमोर्चामा रामकुमार शर्मा अध्यक्ष छन् । मोर्चाले पनि सबै केन्द्रीय सदस्यको अभिलेख उपलब्ध गराएको छैन ।

यसैगरी, सराज अहमद फारुखी, हकिकुल्ला खाँ, जुनैद अन्सारी र अतहर हुसेन रहेको मुस्लिम संगठन एकता कार्यदल गठन भएको छ ।

तत्कालीन एमालेको नेपाल मुस्लिम इत्तेहाद संगठनमा सराज अहमद फारुखी अध्यक्ष रहेको एक सय ३१ सदस्यीय केन्द्रीय कमिटी छ । माओवादीको मुस्लिम मुक्तिमोर्चा नेपालमा हकिकुल्ला खाँ अध्यक्ष रहेको एक सय ३५ सदस्यीय केन्द्रीय कमिटी छ ।

दलित संगठन एकीकरणका लागि बोमबहादुर विश्वकर्मा, तिलक परियार, जितु गौतम र दलजीत सिरपाइली सदस्य रहेको कार्यदल छ । एमालेको नेपाल उत्पीडित जातीय मुक्ति समाजमा जितु गौतम अध्यक्ष रहेको एक सय २५ सदस्यीय केन्द्रीय कमिटी छ । माओवादीको दलित मुक्ति मोर्चामा अध्यक्ष दलजित सिरपाइली अध्यक्ष रहेको एक सय ५१ सदस्यीय केन्द्रीय कमिटी छ ।

बुद्धिजीवीसँग सम्बन्धित संगठन एकीकरणका लागि दिनानाथ शर्मा, टंक कार्की, दिनेशचन्द्र देवकोटा र नरेश भण्डारी सदस्य रहेको कार्यदल छ । तत्कालीन एमालेको नेपाल बुद्धिजीवी परिषद्मा डा. दिनेशचन्द्र देवकोटा अध्यक्ष रहेको ८२ सदस्यीय केन्द्रीय कमिटी छ । माओवादी निकट अखिल नेपाल बुद्धिजीवी संगठनमा नरेश भण्डारी अध्यक्ष रहेको तीन सय ३३ सदस्यीय कमिटी छ ।  

पेशागत कर्मचारी संगठन एकताका लागि जनार्दन शर्मा, विश्वनाथ प्याकुरेल, प्रेमल खनाल र दयाराम बस्यालको कार्यदल छ । तत्कालीन एमालेको पेशागत महासंघ नेपालमा विश्वनाथ प्याकुरेल अध्यक्ष रहेको ८६ सदस्यीय केन्द्रीय कमिटी छ । माओवादीको नेपाल राष्ट्रिय कर्मचारी महासंघमा दयाराम बस्याल अध्यक्ष रहेको आठ सय ५० सदस्यीय केन्द्रीय कमिटी छ ।

भूतपूर्व सैनिक-प्रहरी एकीकरणका लागि चक्रपाणि खनाल, धनबहादुर चन्द, हरि राई र जीवनबहादुर बुढाको कार्यदल छ ।

तत्कालीन एमालेको नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा धनबहादुर चन्द अध्यक्ष रहेको ६५ सदस्यीय केन्द्रीय कमिटी छ । माओवादीको भूतपूर्व सैनिक संगठन र पूर्वजनमुक्ति सेना संघमा जीवनबहादुर बुढा अध्यक्ष रहेको केन्द्रीय कमिटी छ । यसको पनि संख्या यकिन छैन ।

योगेश भट्टराई, पम्फा भुसाल, गणेश बस्नेत र महेश्वर दाहाल रहेको पत्रकार एकीकरण कार्यदल छ । तत्कालीन एमालेको प्रेस चौतारी नेपालमा गणेश बस्नेत अध्यक्ष रहेको ९९ सदस्यीय केन्द्रीय कमिटी छ । माओवादीको प्रेस सेन्टर नेपालमा महेश्वर दाहाल अध्यक्ष रहेको एक सय ५१ सदस्यीय केन्द्रीय कमिटी छ ।

मानवअधिकार एकीकरण कार्यदलमा विजय सुब्बा, मीनबहादुर शाही, विष्णुपुकार श्रेष्ठ र दिनमणि पोखरेल छन् ।

तत्कालीन एमालेको मानवअधिकार एलाइन्समा मीनबहादुर शाही अध्यक्ष रहेको ५१ सदस्यीय केन्द्रीय कमिटी छ । माओवादीको अखिल नेपाल मानव अधिकार संगठनमा दिनमणि पोखरेल अध्यक्ष रहेको केन्द्रीय समिति छ ।

अपांग संगठन एकीकरणका लागि विजय सुब्बा, दीपेन्द्र पुन मगर, मित्रलाल शर्मा र टेकनाथ न्यौपानेको कार्यदल छ ।

तत्कालीन एमालेको लोकतान्त्रिक राष्ट्रिय अपांग संगठन नेपालमा मित्रलाल शर्मा अध्यक्ष छन् । माओवादी केन्द्रको अखिल नेपाल क्रान्तिकारी अपांग संघमा दीपेन्द्र पुन अध्यक्ष रहेको ५१ सदस्यीय केन्द्रीय कमिटी छ ।
 
तत्कालीन एमालेको पेशागत महासंघ नेपालको केन्द्रीय कमिटी ८६ र तत्कालीन माओवादीको पेशागत संगठन आठ सय ५० सदस्यीय छ ।

खेलकुद/खेलाडी कार्यदलमा टोपबहादुर रायमाझी, कर्ण थापा, पुरुषोत्तम पौडेल र शिव कोइराला छन् ।

तत्कालीन एमालेको नेपाल लोकतान्त्रिक खेलकुद महासंघमा पुरुषोत्तम पौडेल अध्यक्ष रहेको एक सय ३० सदस्यीय केन्द्रीय कमिटी छ । माओवादीको अखिल नेपाल खेलकूद महासंघमा शिव कोइराला अध्यक्ष रहेको दुई सयमाथिको केन्द्रीय कमिटी छ ।

कानुन कार्यदलमा वर्षमान पुन, रघुजी पन्त, रमण श्रेष्ठ र रुद्र नेपाल छन् । तत्कालीन एमालेको प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनमा रुद्र नेपाल अध्यक्ष रहेको ७२ सदस्यीय केन्द्रीय कमिटी छ । माओवादीको गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसिएसन नेपालमा रमण श्रेष्ठ अध्यक्ष रहेको सयमाथिको केन्द्रीय कमिटी छ ।

भूमिहीन सुकुम्बासी कार्यदलमा हरिबोल गजुरेल, रामप्रित पासवान, शत्रुघ्न महतो र दीपक थापा छन् । तत्कालीन एमालेको नेपाल भूमिहीन सुकुम्बासी संगठनमा रामप्रित पासवान अध्यक्ष रहेको ३३ सदस्यीय केन्द्रीय कमिटी छ । माओवादीको अखिल नेपाल सुकुम्बासी संगठनमा दीपक थापा अध्यक्ष रहेको एक सयमाथिको कमिटी छ ।

उद्योगी–व्यवसायी कार्यदलमा मुकुन्द न्यौपाने, कुलबहादुर केसी, भरत श्रेष्ठ र श्याम पाठक छन् । तत्कालीन एमालेको नेपाल उद्योग तथा व्यवसायी महासंघ भरत श्रेष्ठ अध्यक्ष र माओवादीको राष्ट्रिय उद्योग व्यापार महासंघमा श्याम पाठक अध्यक्ष छन् ।

पेशागत इन्जिनियर एकीकरण कार्यदलमा गोकर्ण विष्ट, पम्फा भुसाल, डा. हरिराम पराजुली र शम्भुबहादुर श्रेष्ठ सदस्य छन् ।

तत्कालीन एमालेको पेशागत तथा प्रगतिशील इन्जिनियर एसोसिएसन नेपालमा डा. हरिराम पराजुली तथा माओवादीको नेपाल राष्ट्रिय प्रगतिशील इन्जिनियरमा शम्भुबहादुर श्रेष्ठ अध्यक्ष रहेको ३५/३५ सदस्यीय केन्द्रीय कमिटी छ ।

प्रवासी मञ्च कार्यदलमा तिल विश्वकर्मा, लोकनाथ भण्डारी, लक्ष्मण पन्त र इश्वरी भण्डारी छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।