शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • संक्रमितलाई टेलिफोनबाटै ‘काउन्सेलिङ’ : चिन्ता नमान्नू, अप्ठेरो परे अस्पताल जानू

संक्रमितलाई टेलिफोनबाटै ‘काउन्सेलिङ’ : चिन्ता नमान्नू, अप्ठेरो परे अस्पताल जानू

होम आइसोलेसनमा रहेका संक्रमितलाई काउन्सेलिङका लागि ३२ काउन्सेलर खटिएका छन्। उनीहरूले संक्रमितको स्वास्थ्य अवस्था, हुन सक्ने सम्भावित खतरा र अपनाउनुपर्ने उपायहरू सिकाउँछन्। 
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

होम आइसोलेसनमा रहेका संक्रमितलाई काउन्सेलिङका लागि ३२ काउन्सेलर खटिएका छन्। उनीहरूले संक्रमितको स्वास्थ्य अवस्था, हुन सक्ने सम्भावित खतरा र अपनाउनुपर्ने उपायहरू सिकाउँछन्। 

triton college

सुर्खेत - काउन्सेलर : हजुर नमस्कार।

संक्रमित : नमस्कार, मैले चिनिनँ नि!

काउन्सेलर: म काठमाडौँबाट फलानो बोल्दै छु। 

संक्रमित: ए ए। हजुर, भन्नोस्।

corrent noodles
Metro Mart

काउन्सेलर : के छ तपाईंको हालखबर? संक्रमण भएपछिको अवस्था कस्तो छ? कुनै अप्ठेरो त छैन नि? कस्ता लक्षण देखिएका छन्? खाना खान मन लाग्छ कि लाग्दैन? जिब्रोको स्वाद हराएको छ? आजसम्म कुनै औषधि प्रयोग गर्नु भएको छ, कि छैन? 

संक्रमितले एक–एक प्रश्नको जवाफ दिन्छन्।

आइतबार बिहान करिब १० बजेतिर वीरेन्द्रनगर–८ का २१ वर्षीय कोरोना संक्रमित र काउन्सेलरबीचको संवादको अंश हो यो। करिब १५ मिनेट जति काउन्सेलरले ती संक्रमतिसँग यस्तै संवाद गरे। 

‘अप्ठेरो भएपछि हामीलाई फोन गर्नुहोला है,’ काउन्सेलर टेलिफोनबाट सम्झाउँदै भन्थे, ‘तपाईंलाई ठिक भइहाल्छ, चिन्ता नलिनु होला। तर, श्वासप्रश्वासमा समस्या देखिए तुरुन्त अस्पताल जानुहोला अथवा डाक्टरको सल्लाह लिनुहोला।’

काउन्सेलरले फेरि भन्थे, ‘घरपरिवारलाई संक्रमण सर्न सक्छ। अलगै बस्नुहोला। १४ दिनसम्म घरबाहिर ननिस्कनु होला।’

यी र यस्तै प्रश्नहरू सोध्ने, सम्झाउने र सोधीखोजी गर्ने व्यक्ति हुन् काठमाडौँ विश्वविद्यालयका परामर्शदाता। हिजोआज कर्णालीमा होम आइसोलेसनमा बसेका संक्रमितलाई दिनहुँ यस्तै फोन आउँछ।

सन्चो बिसन्चो सोध्छन्। चिन्ता नमान्न आग्रह गर्छन्। डाक्टरको प्रत्यक्ष निगरानीमा बस्न सल्लाह दिन्छन्। 

नियमितरुपमा झोलिलो खानेकुराहरू खान सुझाव दिन्छन्। रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने खानाहरूको विषयमा बताउँछन्। 

‘एक्लै बस्दा दिक्क लाग्न सक्छ, मनपर्ने किताब पढ्नुहोला, गीती  कथा सुन्नुहोला। रमाइला चलचित्रहरू हेर्नुहोला, मनपर्ने साथीभाइसँग कुराकानी गर्नुहोला, १४ दिन त यसै बितिहाल्छ। तपाइँलाई केही हुँदैनन् भन्दै सम्झाउँछन्।

काठमाडौं विश्वविद्यालयले सञ्चालन गरेको कोरोना नियन्त्रण परियोजनामा कार्यरत ती स्वास्थ्यकर्मीले कर्णालीमा होमआइसोलेसनमा बसेका सबैलाई यसरी नै परामर्श दिन्छन्। प्रदेश सरकारको समन्वयमा एक हप्तादेखि संक्रमितलाई काउन्सेलिङ गर्दै आएका छन्। 

होम आइसोलेसनमा रहेका संक्रमितलाई काउन्सेलिङका लागि ३२ काउन्सिलर खटिएका छन्। जनस्वास्थ्य र वार्डनर्सिङ विषय अध्ययन गरेका उनीहरूले संक्रमितको स्वास्थ्य अवस्था, हुन सक्ने सम्भावित खतरा र अपनाउनुपर्ने उपायहरू सिकाउँछन्। 

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार संक्रमितको काउन्सेलिङका लागि अझै १५ जना शक्ति खटाउने तयारी छ। ‘होम आइसोलेसनमा बसेका संक्रमितलाई कुनै अप्ठेरोमा नपरोस् भनेर काउन्सिलर खटाएका छौं,’ कँडेल भन्छन्, ‘काउन्सिलरले संक्रमितले अपनाउनुपर्ने सावधानी र मुडफ्रेसका उपायहरू सिकाउँछन्।’ 

संक्रमितको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै काउन्सेलर खटाएको हो। हरेक जिल्ला स्वास्थ्य कार्यालयहरूले होम आइसोलेसनमा रहेका संक्रमितको सम्पर्क नम्बरहरू उपलब्ध गराउँछन्। सम्पर्क नम्बर पाएपछि काउन्सिलरले टेलिफोनबाट संक्रमितलाई परामर्श दिने गर्दछन्।

प्रकाशित: May 24, 2021| 02:00 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।