बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बहुमत हस्ताक्षरसहित विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाँदै 

बहुमत हस्ताक्षरसहित विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाँदै 

प्रतिनिधिसभा विघटनविरुद्ध बहुमत हस्ताक्षरसहित विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाने भएको छ।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध बहुमत हस्ताक्षरसहित विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाने भएको छ।

triton college

बिहान १० बजे लगत्तै उनीहरू रिट निवेदन दर्ता गर्न अदालत जान लागेका हुन्। हिजो नै सर्वोच्च जाने तयारीमा रहेका दलहरू समय अभावका कारणले अदालत जान सकेका थिएनन्।

विपक्षी गठबन्धनले १४९ जना सांसदहरूको हस्ताक्षरसहित आज सर्वोच्च जाने भएका हुन्। दलहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै बहुमत हस्ताक्षरसहित प्रधानमन्त्रीमा प्रस्ताव गरिएका शेरबहादुर देउवालाई नियुक्तिका लागि परमादेश माग गर्दै रिट दिन लागेका हुन्।

यसअघि आइतबारसम्म कानुन व्यवसायीले २५ वटा रिट अदालतमा पेस गरिसकेका छन्। आज दलहरूको समेत रिट निवेदन परेपछि त्यसको अध्ययन गरेर सर्वोच्च प्रशासनले  दर्ता गर्ने तयारी गरेको छ।

प्रकाशित: May 24, 2021| 01:05 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।